तिन वर्ष भित्र बालउद्दार मावीलाई काठमाडौंका उत्कृस्ट पाँच विद्यालय भित्र पार्नेछौ :प्रधानाध्यापक बिनोद पण्डित
कपन अनलाइन
काठमाडौं ,भाद्र २०।
बुढानिलकण्ठ नगरपालिकाको महत्वपूर्ण शैक्षिक संस्थाका रुपमा रहेको बालउद्दार मावीलाई आगामी तिन वर्ष भित्र काठमाडौंका उत्कृस्ट पाँच विद्यालय भित्र पार्ने योजना रहेको विद्यालयका प्रधानाध्यापक बिनोद पण्डितले बताएका छन। बालउद्दार मावीमा आयोजना गरिएको पत्रकार भेटघाटमा आफ्नो धारणा राख्दै प्रधानाध्यापक पण्डितले आफुले जिम्मेवारी सम्हाल्दा दुई वर्षमा नमुना विद्यालय बनाउने भनेर गरेको घोषणा पुरा गरेकोमा खुसि लागेको बताएका थिए।
नेपाल सरकारले नमुना विद्यालयका रुपमा छनौट गरे संगै भौतिक र शैक्षिक पूर्वाधारको विकासमा जोड दिएको जानकारी दिदै पण्डितले नया विद्यालय व्यवस्थापन समिति गठन भएको २६ दिनमा ११ पटक बैठक बसेर व्यापक सुधारका योजना अगाडी सारेको बताएका छन।
विद्यालयमा शैक्षिक र प्रसासनिक सुधार र आर्थिक व्ययभार कटौतीको लागि काम शुरु गरिएको बताउदै प्रधानाध्यापक पण्डितले आफुले दिपेन्द्र प्रहरी र मानसिंह धर्म मावीमा बटुलेको अनुभवलाई पूर्ण रुपमा सदुपयोग गर्ने प्रतिवादत्ता व्यक्त गरेका थिए।
आगामी शैक्षिक शत्र बाट नै सबै संकायका सबै विषयको पठन पाठन हुने अब्बल विद्यालयका रुपमा बालउद्दार मावीलाई स्थापित गर्ने अभियान शुरु भएको बताउदै उनले यसका लागि शिक्षकहरुमा आश र त्रास दुवै सिर्जना गर्ने रणनीति तय गरिएको जानकारी दिएका थिए।
विद्यालयको शैक्षिक सुधारका लागि विसेषज्ञ कक्षा संचालन,कम्प्युटर इन्जिनियरिंग कक्षा व्यवस्थापन,प्रविधियुक्त पुस्तकालय र विद्यालय पोशाक परिवर्तनका लागि आवस्यक काम शुरु गरिसकिएको जानकारी दिदै प्रधानाध्यापक पण्डितले चाडै नै विद्यालमा CTEVT बाट सम्बन्धन लिएर प्राविधिक कक्षा संचालनका लागि तयारी शुरु गरिएको बताएका छन।
कक्षा १ देखि १२ सम्म १,६०१ जना विद्यार्थी रहेको बालउद्दार मावीमा अहिले कक्षा ११ र १२ मा बिज्ञान ,व्यवस्थापन ,शिक्षा , कानुन ,मानविकी र कम्पुटर इन्जिनियरिंग संकायमा पठन पाठन हुदै आएको छ।