असारे भाका :चिरञ्जीवि खतिवडा

असारे भाका :चिरञ्जीवि खतिवडा

कपन अनलाइन

काठमाडौं ,भाद्र २०।

करोना डाम्ना सकिएन थाम्न आयो झन झन जागेर
देशका कुनाकुना दिनमै दुईचार गुणा आयो झनझन जागेर
मुखमा मास्क कस्यौँ ढोका थुनी बस्यौँ अब कता जाम भागेर
७७ साल खेद्दै आयो काल अब कता जाम भागेर ।

मंसिरदेखी साउन सधैँ लकडाउन नलाग्नी भो मुखमा माण,
छैन् कमाइधमाइ बस्यो मोबाइल समाई नलाग्नी भो मुखमा माण
अब भयो अति दुख दिन्छस् कति ए कोरोना धर्ति छाड
चाइनाबाट आइस लाखौँ मान्छे खाइस अब तैँले धर्ति छाड ।

देख्नु सुन्नु छैन आवाज दिने हैन कस्तो होला यो जीव,
फोक्सो खतम पार्ने सिधै मान्छे मार्ने कस्तो होला यो जीव
दिनु होला ध्यान लाखौँको गयो ज्यान बचाइदिनुस ए शिव
हजुरकै आश छ एउटा देवताको नि देवता बचाइदिनुस ए शिव
भयौँ अलपत्र मर्ने भयौँ नत्र बचाइदिनुस ए शिव ।।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।