मासिक सय अभियान र आरुबारी हातेमालो युवा समूहले संयुक्त रुपमा रक्तदान आयोजना गर्ने
कपन अनलाइन
काठमाडौं,भाद्र १७ । गोकर्णेश्वर नगरपालिका वडा नं ९ र ८को सिमाना स्थित अरुणोदय माध्यमिक परिसरमा आकस्मिक रक्तदान कार्यक्रम आयोजना हुने भएको छ ।मासिक सय अभियान र आरुबारी हातेमालो युवा समुहले रक्त संचार केन्द्रको प्राबिधिक सहयोगमा भाद्र २० गते शनिबार आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको हो ।बिहान १० बजे देखि१ बजे सम्म आवश्यक सुरक्षा मापदण्ड अपनाएर सुरक्षित तवरले संचालन हुने उक्त रक्तदान कार्यक्रममा सहभागी हुन आयोजकले अनुरोध गरेको छ।
कोरोना महामारीको कारण सरकारले गरेको निषेधाज्ञाको कारण भएको रगतको अभाबलाइ पुरा गर्न केहि भए पनि सहयोग हुने बिश्वासका साथ रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले बताएको छ।उक्त आकस्मिक रक्तदान कार्यक्रम रक्तदान गर्न इच्छुक ब्यक्तिहरुले अग्रिम सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ।
तपाइँको प्रतिक्रिया ।