बुढानिलकण्ठ -११ का संक्रमितको परिवारको स्वाव कलेक्सन ६ दिन सम्म पनि भएन

बुढानिलकण्ठ -११ का संक्रमितको परिवारको स्वाव कलेक्सन ६ दिन सम्म पनि भएन

कपन अनलाइन

काठमाडौं ,भाद्र १७।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा कोरोना संक्रमण देखिएका पुरुषको परिवारको ६ दिन बित्दा पनि स्वाव संकलन गरिएको छैन।भाद्र ९ गते स्वाव दिएर भाद्र १२ गते वडा नं ११ कृष्ण मन्दिरका ५० वर्षीय पूरुषले कोरोना संक्रमण भएको जानकारी प्राप्त गरेका थिए।

परिवारमा रहेका श्रीमती र छोराको स्वाव संकलन नहुँदा निकै कस्ट भोगिरहेको बताउदै सामाजिक र राजनीतिक क्षेत्रमा समेत क्रियाशील रहेका ति पुरुषले कोरोना संक्रमण जस्तो विषयमा संवेदनशिल बन्नका लागि आग्रह गरेका छन।

आफु होम आइसोलेसनमा बस्दा स्वास्थ्य शाखा बाट एक पटक सम्पर्क गरिएको र वडा अध्यक्षले भेटेर परिक्षण गर्ने बताएको जानकारी दिदै ति पुरुषले  आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन।

आफु प्रत्यक्ष जनसम्पर्कमा रहेर काम गरेको भन्दै आफ्नो परिवार र सम्पर्कमा रहेकाहरुलाई तत्काल कन्ट्रयाक्ट ट्रेसिंग गर्नुपर्ने माग गर्दै उनले सचेत र सजग बन्दै कोरोना संक्रमण संग लडन आग्रह गरेका छन।

तपाइँको प्रतिक्रिया ।