भर्चुअल कक्षाका सकारात्मक र नकारात्मक पक्षहरु

भर्चुअल कक्षाका सकारात्मक र नकारात्मक पक्षहरु

कपन अनलाइन 

काठमाडौं ,भाद्र १६  /बामदेव भट्ट

कोभिड -१९  को परिणामले संसार भरिका स्कुलहरु वन्द भए । विश्वव्यापी रुपमा १.२ अरव भन्दा वढि विद्यार्थिहरु कक्षा कोठा भन्दा वाहिर छन्। फलस्वरुप शैक्षिक क्रियाकलाप नाटकीय रुपमा परिवर्तन भएको छ । ई– लर्निगको उदय पहिलै भएपनि वर्तमान अवस्थामा यसको प्रयोग वढेको छ । डिजिटल शिक्षण प्रक्रिय को प्लेटफर्म प्रयोग वढ्नुमा कोरोना भाईरसको असर मुख्य मान्न सकिन्छ ।
अचानक संसारको धेरै देश का कक्षा कोठाहरु विद्यार्थी  विहिन हूनपुग्यो । शिक्षक विद्यार्थी  जहाँजुन अवस्थामा छ त्यहि अवस्था बाट प्रविधिको प्रयोग गरि virtual  कक्षामा जोडिन पुगे ।
virtual कक्षा कोठा विश्वव्यापी वजारमा भित्रिएको प्रविधिको रुप हो । एक virtual कक्षा कोठा आधुनीक शिक्षा प्रणालीको सवै भन्दा नयाँ शैक्षिक विधि हो । यसले ज्ञान हस्तान्तरणलाई सहज र सजिलो वनाएको छ ।virtual कक्षा एक अनलाइन प्रणाली हो ।जसमा सहभागीहरुले उनीहरुकै उपकरण बाट लगिन गरि सिक्न सक्छन् । virtual कक्षा कोठा विश्वकाकुनै पनि स्थान बाट उपस्थिति हुन सक्छन् र सवै सहभागीहरु शिक्षक र विद्यार्थी अर्कामा साझा च्यानल मार्फत जोडिन सक्छन् ।
नेपालमा सामुदाइक र संस्थागत गरी कुल ८१२७६३ विद्यार्थी प्रभावीत हुनेगरी विद्यालय वन्द भएका छन् । त्यसैगरी देशभरका सामुदायीक विद्यालय २७७२८, सस्थागत २६०६, धार्मिक ११२१ गरी कुल ३५०५५ विद्यालयहरु मा पठनपाठन प्रभावित भएको छ ।अर्कोतर्फ SEE दिनतयार भएका चार लाख पचासी हजार विद्यार्थीको पनी परिक्षा नै नलिइ मथिल्लो कक्षामा लैजाने तयारी गरीएको छ ।

माथीको तथ्याङ्कलाई आधार मान्दा नेपालको इतिहासमा ठुलो शैक्षिकक्षतिहुने सहजै अनुमान गर्न सकिन्छ । तत्कालन्युनिकरण भइहाल्ने अवस्थापनि देखिदैन ।
कोभिड -१९  ले शिक्षा क्षेत्रमा शैक्षिक क्षति मात्र गरेको छैन । हाम्रा शिक्षा क्षेत्रमा प्राथमिकता , प्रविधिहरुको प्रयोग,शिक्षण विधिमा परिवर्तन, व्यक्तिको प्रविधि संग खेल्ने क्षमताको विकास गराउने सुर्वण अवसरको रुपमा पनि लिन सक्नुपर्दछ ।

शिक्षक , विद्यार्थीहरुमा समय परिवेश अनुसार आफुलाई अद्यावधिक गरी शिक्षण सिकाइका वैकल्पीक माध्यमको प्रयोग मार्फत सिक्न र सिकाउन तयारी हुनु पर्ने कुराको सकारात्मक सन्देश प्राप्त भएको छ । शिक्षकहरुमा प्रविधिको प्रयोग गर्ने क्षमता विकास हुनथालेको छ । जहाँ अनलाइन, अफलाइन मोडमा शिक्षण सिकाई मार्फत सिकाईलाई निरन्तरता दिन सकिन्छ ।

पहुच र प्राप्यताको आधारमा रेडियो , स्थानिय एफ एम ,टि. भि , इन्टरनेट आदीमार्फत अनलाइन कक्षा , virtual कक्षा र जुम मिटिङ जस्ता वैकल्पिक शिक्षण सिकाईका विभिन्न मोडालिटिका वारेमा धेरै अभ्यासहरु भएको देखिन्छ । केहि निजी विद्यालय र सहरका सार्वजनिक विद्यालयमा जुम एप , गुगल मिट , जस्ता वैकल्पीक माध्यम वाट virtual कक्षा संचालन गरेको पाइन्छ । तर यो सवैको पहुचमापुगेको देखिदैन ।
नेपालमा परम्परागतकक्षा सम्भावनानभए पछि अनलाईन virtual पठनपाठन , दुर शिक्षा तथा रेडियो ,टेलिभिजन माध्यममार्फत पढाउने प्रयास शरु भएका छन् । यहाँ वैकल्पिक सिकाइका निम्ति अनलाईन virtual पठनपाठन ,दुर शिक्षा तथा रेडियो,टेलिभिजन अफलाईन आदि सम्भावना जे–जस्तो हुन्छ सरकार त्यहिअनुसार एकिकृत प्याकेजमा अघि वढेको देखिन्छ ।
सकारात्मक प्रभावः
१. समय परिवेश अनुसार आफूलाई अद्यावधिक गरी शिक्षण सिकाइका वैकल्पिक माध्यमको प्रयोग मार्फत सिक्न र सिकाउन तयारी हुनुपर्ने कुराको सकारात्मक सन्देश प्राप्त भएको छ ।
२.सिक्ने (विद्यार्थी) र सिकाउने (शिक्षक ) दुवै पक्षलाई शिक्षण सिकाइका सवालमा प्रविधि मैत्री बन्नका लागि प्रेरित गरेको छ ।
३.प्रविधिको उपयोग गर्ने बानीको विकास हुनथालेको छ । जहाँ अनलाइन अफलाइन मोडमा शिक्षण सिकाई मार्फत सिकाइलाई निरन्तरता दिने अवसर प्राप्त भएको छ ।
४. पहुँच र प्राप्यताका आधारमा रेडियो, स्थानीयएफ.एम. टेलिभिजन र इन्टरनेट मार्फत अनलाइनक्लास, भर्चुअल क्लास र जुम मिटिङ जस्ता वैकल्पिक सिकाइ माध्यमका लागि वातावरण तयार हुदैछ ।
५. शिक्षण सिकाइकालागि बडेमानका भौतिकपूर्वाधार मात्र पर्याप्त होइन, जोखिम व्यवस्थापनका लागि प्रविधिको कौशलपूर्ण उपयोगिता तर्फ समेत ध्यानआकर्षण भएको छ ।
६.प्रविधिको उपयोग मार्फत स्वःअध्ययन गर्ने बानीको विकास भएको छ ।
७.सिकाइ सहजीकरण, सियरिङ्ग र क्षमता विकासको पर्याप्त अवसर प्राप्त भएको छ ।
८.सिकारुका लागि विद्यालय भित्रको औंपचारीक पढाइ मात्र पर्याप्त होइन हाम्रा घर, टोल र समाजलाई समेत ज्ञान आर्जनका थलोका रूपमा विकास गर्दै सिकाइ गर्नुपर्ने मान्यताले स्थान पाएको छ ।
९.अभिभावक र विद्यार्थीका बिचमा दोहोरो जबाफदेहिता अभिवृद्धि भएको छ । विद्यार्थीले घर परिवारबाट जीवनका मूल्य, संस्कार र व्यवहारिक तथा प्रयोगात्मक ज्ञान आर्जन गर्ने अवसर प्राप्त गरेका छन् ।
१० .हिजोका दिनमा हाम्रा नानीबाबुले कार्टुन र पब्जीका लागि प्रायजसो प्रयोगमा ल्याइएका हाम्रा ल्यापटप, स्मार्ट फोन जस्ता विद्युतीय उपकरणलाई सिकाइका लागि सिर्जनात्मक ढङ्गबाट (वीथफन ) उपयोग गर्ने अवसर प्राप्त भएको छ ।

नकारात्मक प्रभावः
१. करिब ४ लाख ८५ हजार माध्यमिक शिक्षा परीक्षा एसईईको पूर्व तयारीमा जुटेका विद्यार्थी परीक्षादिने अवसरबाट वञ्चित भई उनीहरूमा शैक्षिक ह्रास आएको छ ।
२.बालबालिकाको शिक्षण सिकाइका प्रभावित हुनुका साथै बिशेषगरी सीमान्तकृत बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र पोषणमा समेत नकारात्मक असर परेको छ ।
३. कोरोना कहर महामारीका कारण सामुदायिक र संस्थागत विद्यालयको शैक्षिक गतिविधिमा समेत हुँदाखाने र हुने खाने वर्गले प्राप्त गर्दै आएको शिक्षामा समेत ठुलो दरार आउने देखिन्छ । जसको ज्वलन्त उदाहरण कोरोना कहरका बिचमा सुविधा सम्पन्न संस्थागत विद्यालयले सञ्चालन गरेको गतिविधिबाट आङ्कलन गर्न सकिन्छ ।
४. डब्लुएफओका अनुसार, अति विपन्न राष्ट्रका बालबालिका दिन भरीको एक छाक खानाको लागि प्रायःविद्यालयको भर पर्दछन् । तर अहिले कोभिड( १९ का कारण विद्यालय बन्द भएसँगै संसार भरका करिब ३७ करोड बालबालिकाले पोषणयुक्त भोजन गुमाइरहेका छन् ।
५.दिवाखाजा कार्यक्रम लागु गरिएका ४३ जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी उक्त कार्यक्रमबाट विगत ३ महिना देखि प्रत्यक्ष रूपमा प्रभावित भएका छन् भने अवस्था सामान्य नभएमा आ.ब. ०७७ र ०७८ को बजेट वक्तव्य अनुसार ७७ जिल्लाका २८ लाख बालबालिका समेतले उक्त अवसर गुमाउने छन्। जसको असर विद्यार्थीको आर्थिक, शैक्षिक र पोषणमा समेत पर्न गई शिक्षणका क्षेत्रमा दीर्घकालका लागि अवसर गुम्ने खतरा देखिन्छ ।
६. बढ्दो शैक्षिक असमानता, कमजोर स्वास्थ्य अवस्था, हिंसा ,बालश्रम तथा बालविवाह जस्ता जोखिम बढ्ने सम्भावना देखिन्छ ।
७. सुरक्षित समय आउना साथ विद्यालयलाई पुनः सञ्चालन गर्न सकेनौ भने, यसले शिक्षामा अपूरणीय क्षतिहुने सम्भावना उच्च रहन्छ ।
८.बालबालिकाले विद्यालयबाट अहिले सम्म हासिल गरेका सिकाइ उपलब्धिहरू गुम्ने खतरा त्यतिकै देखिन्छ।
९. शिक्षण सिकाइमा भएको क्रमभङ्गताका कारण विद्यार्थीमा मनोवैज्ञानिक असर परी तत्काल शिक्षण सिकाइमा जीवन्त सहभागिताका लागि प्रेरित हुन सक्ने सम्भावना न्यून देखिन्छ भने अभिभावकहरू आफ्ना सन्ततिको भविष्य प्रति चिन्तित भएको देखिन्छ ।
१०.विशेषगरी निजी क्षेत्रबाट सञ्चालित विद्यालयहरूको अनपेक्षित रूपमा क्षति वृद्धि भई यसको दीर्घकालमा नकारात्मक प्रभाव पर्ने हुँदा जसको मारमा विद्यार्थी र अभिभावक समेत पर्ने अवस्था रहन्छ ।

निश्कर्षः
कुनै पनि विपति बाजा बजाएर आउँदैन नत विपतिको प्रभावमा विभेद नै हुन्छ । हरेक बिपतले विनास मात्र निम्ताउँदैन त्यसले रुपान्तरणको स्वर्णिम अवसर पनि प्रदान गर्दछ ।

प्लेग जस्तो महामारीले आक्रमण गर्दा क्षतिबाट जोगिन लकडाउन गर्ने सवालमा त्यहाँको क्याम्ब्रीज विश्वविधालयको पठनपाठन पनि बन्दहुन पुग्यो । जसको मारमा क्यामब्रीज विश्वविद्यालयका एक जना केही गर्न खोज्ने, अध्ययन अनुसन्धानमा रुचि राख्ने सर आइज्याक नामका विद्यार्थी पनि परे तर उनी खुसीका साथ गाउँमा फर्के र दिनरात लागेर कोर्स बाहेकका खोज अनुसन्धानतर्फ ध्यान दिए र लकडाउन अवधि भित्रै ल अफ ग्राइभिटीको सिद्धान्त प्रतिपादन गर्न सफल भए र उनको नाम सर आइज्याक न्युटन रहनगयो ।

त्यसै गरी नेपालको सन्दर्भमा पनि सिद्धार्थ गौतम घर परिवार र समाज बाट अलग (एकान्त वास) रहेर जङ्गलमा ध्यान गर्न थाले र अन्ततः बुद्धत्व प्राप्त गरिछाडे र उनको नामपनि सिद्धार्थ गौतम बुद्ध रहन गयो।

यसमा सवक दिन के मात्र खोजिएको हो भन्दा हामीले पनि शिक्षा क्षेत्रमा सिर्जना भएको जोखिमलाई अवसरका रूपमा उपयोग गर्दै नेपाली न्युटन र हजारौँ बुद्ध जन्माउने तर्फ सोच्ने वेला आएको छ । तर यसका लागि फेरी पनी लगनशील विद्यार्थी, समर्पित शिक्षक, जिम्मेवार व्यवस्थापन, उत्तरदायी अभिभावक र प्राज्ञिक वातावरणलाई भने कम आङ्कलन गर्न मिल्दैन ।

तपाइँको प्रतिक्रिया ।