पाथीभरा बहुमुखी क्याम्पसको प्रांगणमा “पाथी “को स्तम्भ अनावरण

पाथीभरा बहुमुखी क्याम्पसको प्रांगणमा “पाथी “को स्तम्भ अनावरण

कपन अनलाइन

ताप्लेजुंग ,भाद्र १३/ अमृता नेपाली

ताप्लेजुंग जिल्लाको एकमात्र स्नातकोत्तर पढाई हुने पाथीभरा बहुमुखी क्याम्पसको प्रांगणमा पाथीको स्तम्भ अनावरण गरिएको छ। नेपाली काङ्ग्रेसका प्रदेश सदस्य प्रताप प्रकाश हाङ्गामको प्रमुख आतिथ्यमा पाथिको लोगो राखिएको शिला स्तम्भको शुक्रबार उद्घाटन गरिएको क्याम्पस प्रमुख मोहन कुमार राइले जानकारी दिएका छन ।

क्याम्पसको भौतिक संरचना वृद्धि बिकास र संकाय थप गर्नको लागि २०७४ सालमा सन्चालन भएको श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञमा ५० हजार भन्दा बढी आर्थिक रकम सहयोग गर्ने ३४ जना दाताहरूको नामावली शिलामा उल्लेख गरिएको क्याम्पस प्रमुख राइले जानकारी दिएका छन ।

कुल ६ लाख १५ हजारको लागतमा शिला स्तम्भ निर्माण गरिएको स्तम्भ अनावरण  कार्यक्रममा क्याम्पस ब्यबस्थापन समिति अध्यक्ष गजेन्द्र तुम्याहाङ आर्थिक रकम सहयोग गर्नु हुने दाताहरु विभिन्न पार्टीका प्रतिनिधि विद्यार्थी लगायतको उपस्थिति रहेको थियोे ।

(अमृता नेपाली सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।