शुक्रबार शंखरापुर नगरपालिकामा १ सय १२ जनाको स्वाब संकलन
कपन अनलाइन
काठमाडौँ, भाद्र १३। शंखरापुर नगरपालिकामा शुक्रबार सुस्मा कोइराला मेमोरियल अस्पताल सलम्बुटारमा १ सय १२ जनाको पि.सि.आर. परिक्षण गरिएको छ।यो संगै नगरपालिकाले हाल सम्म ६ सय ४७ जनाको पि.सि.आर.परिक्षण गरिएको शंखरापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिष्णु प्रसाद चापागाईंले जानकारी दिएका छन ।
नगरपालिकाले लिएको नीति अनुसार प्रत्येक हप्ता कोरोना संक्रमित सम्पर्कमा आएका हरुको कन्ट्याक्ट् ट्रेसिंग , स्वास्थ्यकर्मी र संकास्पद देखिएका नगरबासिको पि.सि.आर.परिक्षण गरिएको उनले बताए । शुक्रबार नै शंखरापुर नगरपालिका भित्र कोरोना संक्रमित भएर होम आइसुलेसन तथा अस्पतालको आइसुलेसनमा बसेकाहरुको पनि पुनः पि.सि.आर.परिक्षण समेत गरिएको जानकारी गराए ।
सौजन्य : शंखरापुर न्युज
तपाइँको प्रतिक्रिया ।