तारकेश्वर नगरपालिकामा भाद्र १२ गते सम्म ८२ जना कोरोना संक्रमित भेटिए

तारकेश्वर नगरपालिकामा भाद्र १२ गते सम्म ८२ जना कोरोना संक्रमित भेटिए

कपन अनलाइन

काठमाडौं ,भाद्र १२। रन्जिता गदाल/ सन्दिप श्रेष्ठ

तारकेश्वर  नगरपालिकामा भाद्र १२ गते सम्म ८२ जना कोरोना संक्रमित भेटिएका छन ।८२ जना संक्रमित मध्ये  १७ जना निको भएका छन  ।

हालसम्म  ४४३ जनाको पि.सि.आर परिक्षण गरिसकेको तारकेश्वर नगरपालिकामा आइसोलेसनमा हिले सम्म ६८ जना रहेका छन जसमा  होम आइसोलेसन मा ४३ जना र विभिन्न  अस्पतालका   आइसोलेसन मा २२ जना रहेका छन। सो नगरपालिकामा हालसम्म  १ जना पुरुषको संक्रमणका कारण मृत्यु भएको छ।

कोरोना संक्रमितको शंख्या बढ्दै गए पछी निषेधाज्ञा पालना गरि सचेत रहन तारकेश्वर नगरपालिकाकाले नगरवासीलाई आग्रह गर्दै कुनै पनि आपतकालीन सेवाको आवस्यकता परेमा जनप्रतिनिधिहरुलाई सम्पर्क गर्नका लागि अनुरोध गरेको छ।

(रन्जिता गदाल र  सन्दिप श्रेष्ठ सुशासनका र  समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।