टोखा नगरपालिका वडा नं ४ मा स्वयंसेवक दस्ता गठन

टोखा नगरपालिका वडा नं ४ मा स्वयंसेवक दस्ता गठन

कपन अनलाइन

काठमाडौं ,भाद्र १२ । सुरेन श्रेष्ठ / साेनी डंगोल

काराेना भाईरस संक्रमण नियन्त्रणको साथै जन सचेतनाको लागि आज टोखा नगरपालिका वडा नं धापासी ४ ले  स्वयंसेवक दस्ता गठन गरेको छ  ।

उक्त स्वयंसेवक दस्ता घोषणा  कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी नेकपा काठमाडौ जिल्लाका सचिवालय सदस्य नारायण भाई श्रेष्ठ रहेका थिए भने ,नेकपा  नगर कमिटीका सदस्यहरु ,नेपाली कांग्रेस वडा ४ का इकाई सभापति रविन्द्र श्रेष्ठ र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

टाेखा नगरपालिका वडा ४ का सदस्य राम बहादुर ठकुरीकाे संयोजकमा २१  सदस्यीय स्वयमसेवक दस्ता आज गठन गरिएकोकार्यक्रमको अध्यक्षता वडा नं ४ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठले गरेका थिए।
सो स्वयंसेवक दस्ता गठन पछि   स्वयंसेवकहरुलाई परिचयपत्र ज्याकेट ,मास, पंजा र सेप्टी चस्मा आदि वितरण गरिएको जानकारी दिदै वडा अध्यक्ष श्रेष्ठले  स्वयंसेवक दस्ता भाद्र १३   गतेदेखि वडाका विभिन्न ठाँउहरुमा परिचालन हुने बताएका छन ।

(सुरेन श्रेष्ठ / साेनी डंगोल सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।