गोकर्णेश्वर ६ का कोरोना संक्रमित र परिवारमाथि दुर्व्यवहार भए सम्पर्क गर्नु : वडा अध्यक्ष रमेश अर्याल
कपन अनलाइन
काठमाडौँ,भाद्र १२ ।गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष रमेश अर्यालले वडा बासीलाई कोरोना बाट त्रसित नभई आवश्वयक सुरक्षा मापदण्ड पालन गर्नको लागि अनुरोध गरेका छन। उनले विश्व ब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को महामारी बाट उपत्यका लगायत गोकर्णेश्वर नगरपालिका वडा नं ६ पनि अछुतो रहन नसकेको बताउदै वडालाई कोरोना मुक्त नगर बनाउनको लागि प्रयास जारी राख्दा राख्दै पनि केहि मानिसहरुमा संक्रमित भेटिएको बताए ।
कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या दिन-प्रति दिन बढ्दै गईरहेको अवस्थामा यसको न्युनिकरणका लागि जनता आफैं सचेत हुनु पर्नेमा जोड दिएका छन् । उनले सरकारले मात्रै कोरोना रोकथाम तथा नियन्त्रणका लागि काम गरेर नहुने बताउँदै सबै नागरिकहरु आफै सचेत र सजग हुन आवश्यक रहेको बताएका छन ।
उनले गोकर्णेश्वर नगरपालिका वडा नं ६ भित्र १९ पुरुष र ६ जना महिलामा कोरोना पोजेटिभ पुष्टी भएको हुँदा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन अनुरोध गरेका छन् ।उनले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन समेत अनुरोध गरेका छन उनले कोरोना जोखिम न्यूनीकरणका लागि विश्व स्वास्थ्य संगठनका साथै नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्ड सबैले आ आफ्नो ठाउ बाट पालना गर्न समेत वडा बासीलाइ अनुरोध गरेका हुन् । उनले भौतिक दुरी कायम गर्न,मास्क लगाउन र अनावश्यक भेटघाट बन्द गर्न समेत अनुरोध गरेका छन ।
उनले कोरोना संक्रमितलाइ समाजले हेर्ने हेला सामाजिक बहिस्कार गर्ने जस्ताकार्य बन्द गरि संक्रमितलाइ हेर्ने दृष्टिकोणमा समेत परिवर्तन गरि उनीहरुको मनोबल उच्च राख्नलाइ बिभिन्न कार्यक्रम गर्नुपर्ने आवश्यकता रहेको उनले बताए। उनले कोरोना जो सुकैलाई लाग्न सक्ने हुँदा सद्द्भाब कायम गर्न संक्रमितलाइ माया स्नेह प्रदान गरि उनीहरुको मनोबल उच्च बनाउने कार्य गर्नु पर्नेमा जोड दिएका छन।उनले कोरोना संक्रमितलाइ सामाजिक बहिस्कार, हेला ,दुर्व्यवहार गरे वा यातना दिए आफ्नो ब्यक्तिगत नम्बर ९८४१४११७५७मा सम्पर्क गर्न समेत उनले अनुरोध गरेका छन
उनले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अग्रपंक्तिमा रही कार्य गर्ने स्वास्थ्यकर्मीहरु माथिको दुर्व्यवहारले जनस्वास्थ्यको हालको सङ्कटको अवस्थामा उच्च मनोबलका साथ कार्य गर्नुपर्ने पेशाकर्मीहरुको मनोबल र प्रतिष्ठामा प्रत्यक्ष असर पर्ने भएकाले त्यस्तो कार्य कसैले पनि गर्न नहुने बताए।