कागेश्वरी मन्दिर क्षेत्रका विकास निर्माणको नगर प्रमुख कृष्णहरि थापा सहितको टोलि द्वारा निरीक्षण
कपन अनलाइन
काठमाडौँ,भाद्र १२ ।कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ गागल फेदी स्थित कागेश्वरी मन्दिर क्षेत्रमा भइरहेको पूर्वाधार बिकासका कामको नगरप्रमुख कृष्णहरि थापा सहितको टोलि द्वारा निरीक्षण गरेका छन् ।कागेश्वरी महादेव मन्दिरमा प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीको दिन ला लाग्ने कागेअष्टमी मेला यस बर्ष विश्व ब्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण स्थगित भए पश्चात सोहि दिन नगरप्रमुख सहितको टोलीले उक्त क्षेत्रमा भईरहेका विकास निर्माण कार्यको अवलोकन गरेका हुन् ।
कागेश्वरी मन्दिर सम्म पुग्नको लागि निर्माणाधीन सडकको अवलोकनमा वडा नं १ का वडा अध्यक्ष मकुन्द प्रसाद गजुरेल, वडा नं ३ का वडा अध्यक्ष राममणि पुडासैनी समेत सहभागी भएका थिए।कागेअष्टमीको दिन कागेश्वरी मनोहरा नगरपालिका १ गागलफेदीमा रहेको कागेश्वरी महादेव मन्दिरमा गत साल निकै चहलपहल हुने गरेको थियो । यस मन्दिरमा मेला भर्नको लागि काठमाडौ उपत्यकाको साथै देश विदेशबाट समेत भक्तजन आउने गरेका थिए ।
धार्मिक, ऐतिहासिक एवं पर्यटकिय दृष्टिले महत्वपुर्ण मानिने यस मन्दिरमा यस वर्ष भने सरकारले गरेको निषेधाज्ञाका कारण कागेअष्टमी मेला नहुने भएको छ । सरकारले यस वर्ष चाडवाड, मेला पर्वहरु आ आफ्नै घरमा बसेर मनाउन आग्रह गरेको छ ।
पुरानो मान्यता अनुसार रसुवाको गोसाइकुण्डमा मेला भर्ने दर्शनार्थीहरुले त्यहाँको पवित्र जल कागेश्वरी महादेवलाई चढाउदा आफ्नो इच्छा पुरा हुने र सम्पुर्ण पाप नास हुनुका साथै सुख शान्ति प्राप्त हुने जनविश्वास रहदै आएकाले भिडभाड हुने गर्दथ्यो । यस मन्दिरमा हिन्दु धर्मालम्वीका साथै वौद्ध धर्मालम्वीहरु पनि त्यतिकै ठुलो संख्यामा सहभागि हुने गर्दथे ।
उनीहरुकै सुबिधालाइ मध्यनजर गर्दै सो क्षेत्रमा विकास निर्माणका कामहरु भइरहेको छ। कागे अष्टमीलाइ लक्षित गरि निर्माण शुरु गरिएको उक्त सडक कोरोना महामारीका कारण सरकारले लागु गरेको लकडाउन निषेधाज्ञा लगायतको कारणले ढिलाई भएको हो ।