अतिरन्जित दुस्प्रचार बाट भ्रममा नपर्न डा. राजन भट्टराईको अनुरोध

अतिरन्जित दुस्प्रचार बाट भ्रममा नपर्न डा. राजन भट्टराईको अनुरोध

कपन अनलाइन

काठमाडौं ,भाद्र १०।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा नेपाल सरकारका विदेस मामिला सल्लाहकार डा. राजन भट्टराईले आफुलाई जोडेर  विरुद्ध संचार माध्यममा गलत प्रचार गरिएकोमा दुख व्यक्त गरेका छन।

इपीजीको जिम्मेवारी लिएको बेला त्यसले निर्धारण गरेको आचारसंहिता र नियमलाई उल्लंघन हुने कुनै पनि काम नगरेको बताउदै डा . भट्टराईले भारतीय एक मिडियामा आएको समाचारलाई पच्छ्याएर नेपालका केही अनलाइनहरुले अतिरञ्जित प्रचार गरेको भन्दै त्यसमा कुनै पनि सत्यता नरहेको बताएका छन।

राज्यको जिम्मेवारी लिइरहँदा जिम्मेवारीको मर्यादा र सीमालाई उल्लंघन गरेर देश र जनतालाई आघात पार्ने कुनै  काम नगरेको भन्दै डा.भट्टराईले दुष्प्रचारबाट भ्रममा नपर्न सबैमा अनुरोध गरेका छन।

डा.भट्टराईले आफ्नो सामाजिक संजालमा प्रेसित सामाग्री :

भारतीय एक मिडियामा आएको समाचारलाई पच्छ्याएर नेपालका केही अनलाइन हरुले मेरो विषयमा गरेको अतिरञ्जित प्रचारमा सत्यता छैन । मैले राज्यको जिम्मेवारी लिइरहँदा जिम्मेवारीको मर्यादा र सीमालाई उल्लंघन गरेर देश र जनतालाई आघात पार्ने काम गरेको छैन । इपीजीको जिम्मेवारी लिएको बेला त्यसले निर्धारण गरेको आचारसंहिता र नियमलाई उल्लंघन हुने काम भएको छैन । दुष्प्रचारबाट भ्रममा नपर्न सबैमा अनुरोध गर्दछु ।

तपाइँको प्रतिक्रिया ।