पाईलट हुँ भनि महिलाहरुलाई प्रलोभनमा पारी गहना लुटपाट गर्ने कागेश्वरी-८ बाट पक्राउ
कपन अनलाइन
काठमाडौं ,भाद्र ३।
बिगत १ बर्ष अगाडी देखि रोहिन जंग शाह नामबाट फेसबुक चलाई सोही माध्यमबाट महिलाहरुलाई साथी बनाईआफुलाई नेपाल एयर लाइन्सको पाइलट हुँ भनि प्रलोभनमा पारी महिलाहरुको साथमा रहेको सुनको गर गहनाहरु लुटपाट गर्ने एक जना पक्राउ परेका छन।
मकवानपुर, नामटार – २ घर भई हाल काठमाण्डौ जिल्ला कागेश्वरी मनोहरा न.पा. वडा नं. ८ बस्ने बर्ष २३ का रोहिन जंग शाह भन्ने रबिन सुनुवारलाई भाद्र ०२ गते निजको डेराकोठावाट प्रहरीले पक्राउ गरेको छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा निजले केही महिलाहरुबाट अन्दाजी ११ तोला बाराबरको सुनका गहनाहरु र २ (दुई) थान मोबाईल सेट समेत लुटपाट गरेको खुल्न आएको प्रहरीले जानकारी दिएको छ । सो सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
तपाइँको प्रतिक्रिया ।
