शंखरापुर नगरपालिकामा कोरोना भाइरस संक्रमितको संख्या १५ पुग्यो
कपन अनलाइन
काठमाडौं भाद्र २ ।काठमाडौं उपत्यका लगायत शंखरापुर नगरपालिकामा पनि कोरोना भाइरस संक्रमितको संख्या बढने क्रम जारी रहेको छ। यसै क्रममा शंखरापुर नगरपालिकामा कोरोना भाइरस संक्रमितको संख्या १५ पुगेको शंखरापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिष्णु प्रसाद चापागाईंले जानकारी गराएका छन।
संक्रमितहरुको होम आइसुलेसन र सुस्मा कोईराला मेमोरियल अस्पताल साखुमा उपचार भैरहेको जानकारी गराए । एक हप्तामा नगरपालिकाले २ सय ६२ जनाको पि.सि.आर. गरिएको जानकारी दिदै संक्रमितहरुको सम्पर्कमा रहेका ब्यक्तिहरुको समेत कन्ट्याक्ट् ट्रेसिङ जारी रहेको बताए ।
शंखरापुरमा कोरोना जोखिम न्यूनीकरण तथा रोकथामको लागि स्वास्थ्य शाखाको संयोजनमा सुस्मा कोईराला अस्पताल र पिपुल्स लाइफ केयर अस्पताल संगको सहकार्यमा स्वास्थ्यकर्मीहरु लागि परेको जानकारी गराउदै नगरपालिकाको निर्देशन पालना गर्न र सचेत रहन अनुरोध गरेका छन् ।