गोकर्णेश्वर नगरपालिकामा धार्मिक पर्व लगायत भिडभाड हुने कुनै पनि किसिमका कार्य नगर्न सार्वजनिक सुचना

गोकर्णेश्वर नगरपालिकामा धार्मिक पर्व लगायत भिडभाड हुने कुनै पनि किसिमका कार्य नगर्न सार्वजनिक सुचना

कपन अनलाइन

काठमाडौं भाद्र १। गोकर्णेश्वर नगरपालिकाले धार्मिक पर्व लगायत भिडभाड हुने कुनै पनि किसिमका कार्य नगर्ने नगराउने सम्बन्धि सार्वजनिक सुचना जारी गरेको छ। कार्यबाहक नगर प्रमुख शान्ती नेपाल द्वारा हस्ताक्षरित उक्त सुचनामा विश्व ब्यापी माहामारीको रुपमा फैलिदै  गएको कोरोना भाइरस कोभिड १९को संक्रमण काठमाडौं उपत्यका लगायत  गोकर्णेश्वर नगरपालिका क्षेत्रमा पनि बढ्दै  जान सक्ने सम्भावना भएको हुँदा उक्त संक्रमण बाट बच्न अर्को सुचना प्रकाशित नभए सम्मको लागि नगरपालिका क्षेत्र भित्र पर्ने  गोकर्णेश्वर महादेव मन्दिर  क्षेत्रमा कुशे औंशी लगायत अवसरमा हुने धार्मिक समारोह बन्द गरिएको जानकारी गराएको छ ।

साथै सोहि सुचनामा उक्त क्षेत्रमा भिड भाड हुने काम नगर्न नगराउन  हुनका साथै सो मन्दिर परिसर बाहेक गोकर्णेश्वर नगरपालिका क्षेत्रका अन्य सम्पूर्ण धार्मिक स्थल मठ मन्दिर मेला पर्व सार्वजनिक स्थल लगायत स्थानमा धार्मिक पर्व लगायत भिड भाड हुने कुनै किसिमका कार्य नगर्न नगराउन हुन सम्बन्धित सबैको जानकारीको लागि सुचना प्रकाशित गरिएको उल्लेख गरिएको छ ।साथै सो बाटनगरबासी लगायत महानुभावहरुमा पर्न गएको असहजता प्रति नगरपालिका क्षमा प्रार्थी रहेको जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।