तारकेश्वर नगरपालिकामा भाद्र ७ गते सम्म अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द

तारकेश्वर नगरपालिकामा भाद्र ७ गते सम्म अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द

कपन अनलाइन

काठमाडौं भाद्र १। तारकेश्वर नगरपालिकाले सार्वजनिक सुचना जारी गरेको छ । प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद लम्साल द्वारा हस्ताक्षरित उक्त सुचनामा तारकेश्वर नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा नदिने सम्बन्धी यसअघि गरेको निर्णयलाई निरन्तरता दिँदै समय अवधि थपेको  उल्लेख गरिएको छ  ।

कोभिड संक्रमणको जोखिम न्यूनिकरण गर्न भन्दै साउन  ३२ गते सम्म स्थगित गरेका सामान्य सेवाहरु भदौ ७ गतेसम्मका लागि स्थगित गर्ने  निर्णय गरेको जनाएको छ  । नगरपालिकाले यसबीचमा पनि कोभिड नियन्त्रण सम्बन्धी कार्य, स्वास्थ्य सम्बन्धी कार्य एवं सेवा र विपद् व्यवस्थापनको कार्यहरु भने निरन्तर रहने जनाएको छ।साथै सोहि सुचना मार्फत अत्यावश्यक सेवा प्राप्त गर्दा कोभिड १९ नियन्त्रण बारेको स्वास्थ्य सम्बन्धि मापदण्ड पालना गर्न समेत अनुरोध गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।