कोरोना संक्रमित देखिए संगै बुढानिलकण्ठ -५ मा विशेष सतर्कता
कपन अनलाइन
काठमाडौं ,भाद्र १।
बुढानिलकण्ठ नगरपालिका वडा नं ५ मा संक्रमित देखिए संगै वडाले कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरण समिति गठन गरेर विभिन्न निर्णयहरु गरेको छ।वडा अध्यक्ष विजय तामांगको अध्यक्षतामा गठन गरिएको उक्त समितिले निम्न निर्णय गरेको छ।
बुढानिलकण्ठ -५ मा कोरोना रोकथाम तथा न्यूनीकरणको लागि सर्वदलीय छलफलका निर्णयहरु :
१) वडा अध्यक्षको संयोजकत्वमा १३ सदस्यीय कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरण समिति गठन ।
२) बुढानिलकण्ठ प्रहरी कार्यालयसङ्ग समन्वय गरि बिष्णुमतिमा चेक पोस्ट स्थापना तथा आवश्यक चेक जाच यथाशीघ्र सुचारू गर्ने ।
३) दक्षिणेश्वरी क्लब भवनमा क्वारेन्टाइन पुनः संचालन तथा आइसोलेसन निर्माणको लागि सम्भावित क्षेत्रको अध्ययन गर्ने ।
४)वडा अन्तर्गत रहेको बजार क्षेत्र र अन्य भिडभाड हुने क्षेत्रमा नियमित अनुगमन कार्य कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरण समिति मार्फत संचालन ।
५) कोरोना रोकथाम तथा न्यूनीकरणको लागी जनचेतनामूलक जानकारी प्रवाह गर्न गर्न ४ सदस्यीय प्रचारप्रसार स्वयंसेवक टिम परिचालन गर्ने।
६)विष्णुमती शहरी स्वास्थ केन्द्रका कर्मचारी तथा महिला स्वास्थ्य स्वंयमसेविका दैनिक रुपमा पालैपालो परिचालन गरि बिष्णुमतिमा आपतकालीन परामर्श तथा सहायता कक्ष हेल्प डेस्क स्थापना गर्ने ।
७) कोरोना रोकथाम तथा न्यूनीकरण सम्बन्धि थप कार्य गर्न वडा कार्यालयलाई जिम्मेवारी दिने ।
८) कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरण समितिको बैठक साप्ताहिक रुपमा तथा थप आवश्यकता अनुसार बसि समसामयिक र आवस्यक विषयमा छलफल गर्ने ।