शंखरापुर नगरपालिकाका थप ६ जनामा कोरोना संक्रमण पुष्टि
कपन अनलाइन
काठमाडौं श्रावण ३२ । शंखरापुर नगरपालिकामा थप ६ जना कोरोना संक्रमित पुष्टि भएको छ । यसै संगै शंखरापुरमा संक्रमितको संख्या १० जना पुगेको छ ।श्रावण २८ गते बुधबार साँखुमा १४३ जनाको पि.सि.आर परिक्षण गरिएकोमा ६ जनामा कोरोना पोजेटिभ भेटिएको नगर प्रमुख सुवर्ण श्रेष्ठले जानकारी गराए। उनले परिक्षणको क्रममा शंखरापुर वडा नं. ५ का २ जना, वडा नं. ७ का ३ जना र वडा नं. ९ का १ जना रहेको पनि बताए ।
कोरोना संक्रमितको संख्या बढिरहेको हुँदा नगर प्रमुख सुवर्ण श्रेष्ठले विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले जारि गरेको आवश्यक सुरक्षा मापदण्ड अपनाई सामाजिक दुरी कायम गरि सुरक्षित हुन नगर बासीलाइ अपिल गरेका छन । उनले आजनै आपतकालीन बैठक बसि कोरोना रोकथामको लागि थप रणनीति बनाइ अघि बढ्ने जानकारी दिदै कोरोना बाट त्रसित नभई साबधानी अपनाउन अनुरोध गरेका छन ।