कागेश्वरीमा कोरोना डेडीकेटेड एम्बुलेन्स संचालनमा ल्याएका छौ : नगर प्रमुख कृष्णहरि थापा
कपन अनलाइन
काठमाडौँ, श्रावण ३२ ।कागेश्वरी मनोहरा नगरपालिकाले कोभिड १९ कोरोना भाइरस लक्षित गरि डेडीकेटेड एम्बुलेन्स संचालनमा ल्याएको छ।कागेश्वरी मनोहरा नगरपालिकामा कोरोना पोजेटिभ केस दिनानुदिन बढ्दै गएको अवस्थामा कोरोना पोजेटिभ देखिएका बिरामीहरुलाई ल्याउन र लैजानको लागि सहज होस् भनेर उक्त एम्बुलेन्स संचालनमा ल्याउन लागेको नगर प्रमुख कृष्णहरी थापाले जानकारी गराए। साथै उनले यदि कोरोना पोजेटिभ बिरामीहरुको लागि एम्बुलेन्स चाहिएमा ९८६१६६९३०६ मा सम्पर्क गर्न समेत अनुरोध गरेका छन् । उनले सो एम्बुलेन्स आवश्यकता अनुसार अन्य नगरपालिकाले पनि प्रयोग गर्न सक्ने बताए ।
त्यसै गरि उनले कागेश्वरी मनोहरा नगरपालिकाले मुलपानीमा रहेको नगर अस्पतालमाकोरोना पोजेटिभ देखिएकाहरुलाई अक्सिजन सिलिन्डर सहितको १५ शैयाको आइसोलेसन कक्ष संचालन भएको पनि जानकारी गराए। उनले सो अस्पतालमा हाल ३ जना कोरोनाका मिल्ड केसको उपचार शुरु गरिएको पनि जानकारी गराए ।उनले मिती २०७७।४।२९ गते कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ कार्यालमा फ़र्निचर कारखाना र नबदुर्गाटोलमा कन्ट्रयाक ट्रेसिड्ग बाट ४१ जनामा गरिएको पी सी आर परिक्षणमा सबैको नेगेटिभ आएको समेत बताए ।नगरपालिकाले गत बैशाख १ गते देखि अहिले सम्म RDT र PCR गरि तीन हजार भन्दा बढीको परिक्षण गरेको जानकारी दिदै सरकारले गत साउन ७ गते देखि लकडाउन पर्णरुपमा हटाए पश्चात अहिले सम्म १९ जना कोरोना संक्रमित थपिएको पनि बताए ।
बढ्दो कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्ने भन्दै नेपाल सरकारको गत साउन २६ गते बसेको मन्त्रीपषिको निर्णयले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेसँगै कागेश्वरी मनोहरा नगरपालिकाले पनि साउन २७ गते देखि आगामी भाद्र १५ गते सम्म नगरपालिका र वडा कार्यलयबाट दिईने सबै सेवा बन्द गर्ने निर्णय भएको र नगरपालिकाले बिशेष काम बाहेक सबै किसिमका भेटघाट र जमघटलाई समेत निषेध गरेको उनले जानकारी दिएका छन् ।
यस बिषम परिस्थितिमा कोभिड -१९ बाट आफु बाचौं र अरुलाई पनि बचाऔं भन्ने नारालाई सार्थक पार्न बिना माक्स घरबाट बाहिर निस्कने जो कोहिलाई महानगरीय प्रहरी र नगरपालिकाका नगर प्रहरी बाट रु १० (दश) जरिबाना गराई माक्स उपलब्ध गराउने निर्णय समेत गरेको छ । नगरपालिकाले अत्यावश्क बाहेक अन्य कामका लागि घर बाहिर ननिस्कन समेत नगरवासीलाई आग्रह गरेको उनले बताए ।