साउन २९ गतेसम्म काठमाडौं महानगरपालिकामा ७५२ जनामा कोरोना संक्रमण

साउन २९ गतेसम्म काठमाडौं महानगरपालिकामा  ७५२ जनामा  कोरोना संक्रमण

कपन अनलाइन

काठमाडौं ,साउन ३१।

साउन २९ गतेसम्म काठमाडौं महानगरको जनस्वास्थ्य महाशाखामा प्राप्त बिववरण अनुसार कोरोना संक्रमित  हुने व्यक्तिको संख्या ७५२ र मृत्यु हुनेको संख्या ४ पुगेको छ । यस अवधिमा पोजेटिभ देखिएका व्यक्तिको प्रत्यक्ष सम्पर्कमा भएका १ हजार ५५४ जनाको कन्ट्रयाक ट्रेसिङ् गरिएको छ । जसमध्ये ५८ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

जनस्वास्थ्य महाशाखाका बरिष्ट कविराज निरीक्षक ज्ञानबहादुर ओलीका अनुसार  यो संख्यामा केही तलमाथि हुन्छ । किनभने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र ठूला अस्पतालको विवरण महानगरमा आएको छैन ।

उनिहरुले महानगरमा बसोबास गर्नेहरुको परीक्षण र उपचार गर्नुभएको छ । सर्वोच्च अदालत, नेपाल प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका कार्यालयहरुमा परीक्षण गर्नुभएको छ । यसरी गरिएका परीक्षण मध्ये केहीको संख्या महानगरलाई उपलब्ध गराइएको छ भने केहीको संख्या प्राप्त हुन सकेको छैन । यसकारण संख्यामा केही तलमाथि हुनसक्छ ।

ओलीका अनुसार संक्रमण बढ्दो दरमा रहेकाले पनि संख्या छिनमै तल माथि हुन सक्छ । अहिलेसम्म हामी साउन २९ गतेसम्म महानगरमा भएका संक्रमितको हाराहारी संख्या मात्र भन्न सक्ने अवस्थामा छौं । हामीलाई करीब २२० व्यक्ति होम आइसोलेसनमा रहनुभएको जानकारी छ । उहाँहरुमा स्वास्थ्य जटिलता बढ्दै गए अस्पताल जानुहुन्छ । यसको विवरण महानगरमा आउँदैन । यसकारण होम आइसोलेसनबाट कति विरामी उपचाररत हुनुहुन्छ । उहाँहरुमध्ये कति अस्पताल जानुभयो र निको भएर कतिजना फर्कनुभयो भन्ने तथ्याङ्क एकिन हुन सकेको छैन ।

प्राप्त बिवरणअनुसा सबैभन्दा धेरै संक्रमितको संख्या वडा ४ मा देखिन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गरिएको परीक्षणबाट आएका पोजेटिभ केस यही वडामा जोडिएकोले यस वडामा संक्रमितको संख्या धेरै देखिएको हो । वडा २ मा अहिलेसम्म कुनै पनि पोजिटिभ केस देखिएको छैन । वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ ले भने — वडामा प्रचारप्रसार गरेका छौं । खुख्खा खोकी लाग्ने, हनहनी ज्वरो आउनेले खवर गर्नोस् भनेका छौं । अहिलेसम्म कोही पनि मलाई यस्तो भयो भनेर वडामा आउनुभएको पनि छैन । अन्य जँचाएर संक्रमण भएको पनि थाहा छैन ।

ओलीकाअनुसार महानगरमा वडा १ बाट ३७ जना, ३ बाट प्रहरी अस्पतालबाहेक ३४ जना संक्रमितको संख्या दर्ता भएको छ । ४ बाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित ६१ जना, ५ बाट १७ जना, ६ बाट १५ जना, ७ र ८ बाट क्रमशः १०/१० जना संक्रमित देखिएका छन् । वडा ९ मा ५ जना, १० मा ३८ जना, ११ मा १९ जना, १२ मा १२ जना, १३ मा ३३ जना, १४ मा ५६ जना, १५ मा १३ जना, १६ मा ४६ जना, १७ मा १४ जना संक्रमित देखिएका छन् । वडा १८, १९, २० र २१ मा मा १/२ जना देखिएका छन् भने वडा २२ मा ४ जना देखिएका छन् । वडा २३ मा १० जना, २४ मा २५ जना, २६ मा १७ जना, २७ मा ३४ जना, २८ मा २७ जना, २९ मा ३० जना, ३० मा १४ जना, ३१ मा २८ र ३२ मा ३३ जना संक्रमितको संख्या देखिएको छ ।फोटो सौजन्य :काठमाडौं अनलाइन

तपाइँको प्रतिक्रिया ।