काठमाडौं महानगरपालिका सवारी साधनमा अव छुट्टै लोगो
कपन अनलाइन
काठमाडौं ,साउन २८ ।
काठमाडौं महानगरपालिकाको स्वामित्वमा भएका सबै सवारी साधनमा लोगो अङ्कित गर्ने काम थालिएको छ । काठमाडौं महानगरका बिभागीय प्रमुखहरुले प्रयोग गर्ने सवारी साधनमा महानगरको लोगो अङ्कित स्टिकर टाँसेर उक्त कार्य थालनी गरिएको हो ।
अब महानगरका सम्पत्तिका रुपमा किनिएका सानाठूला, दुईपाङ्ग्रे चारपाङ्ग्रे सबै सवारीमा स्टिकर टाँसिनेछ काठमाडौंको सहरी व्यवस्थापन र सुबिधा व्यवस्थापनको जिम्मेवारी लिने कार्यालयको पहिचान होस् र सवारी दुरुपयोग नहोस् भनेर आजबाट सबै सवारी साधनमा स्टिकर टाँस्न थालिएको हो ।
रातो प्लेटलाई सेतो प्लेटमा रुपान्तरण गराउने काम गरिरहेको जानकारी दिदै प्रशासन बिभागका प्रमुख नमराज ढकालले लोगो राखेपछि बिपद् व्यवस्थापन लगायत अत्यावश्यक कामसहज हुने बताएका थिए।
स्थानीय सरकारले नागरिकलाई जन्मदेखि मृत्यु पर्यन्तका सेवा दिनुपर्ने भएकाले महानगरका सवारी साधनको पहिचान जरुरी रहेको बाताउदै ढकालले सवारी साधनका सम्भावित दुरुपयोग रोक्न यसले सहयोग पुग्ने विस्वास व्यक्त गरेका थिए।
काठमाडौं महानगरमा फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थापन कार्यमा प्रयोग गर्ने करीब १५० वटा र बिभागीय प्रमुखहरुले प्रयोग गरिरहेका ५३ वटा सानाठूला सवारी साधन छन् ।फोटो सौजन्य :काठमाडौं अनलाइन