टोखा नगरपालिका वडा नं ५ मा एक जनामा कोरोना संक्रमण पुस्टि
कपन अनलाइन
काठमाडौं ,साउन २६/शोभा तामांग
टोखा नगरपालिका वडा नम्बर ५ की ४४ वर्षीय महिलामा कोरोना पोजेटिभ देखिएको छ । उनि टोखा ५ को वासिन्दा हुन भने उनलाइ उपचारको लागि सशस्त्र प्रहरीको दहचोक स्थित उपचार केन्द्र लगिएको छ ।
कोरोना संक्रमित देखिए संगै भोलि देखि कन्टयाक ट्रेसिङ सुरु गरिने जानकारी दिदै वडा अध्यक्ष जगन्नाथ ढकाल ले अत्यावश्यक काममा वाहेक अन्य समयमा अनावश्यक घुमफिर नगर्न र जथाभावी नजान अनुरोध गरेका छन।
(शोभा तामांग सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )
तपाइँको प्रतिक्रिया ।