शंखरापुर नगरपालिकामा राप्रपाका नेता सहित दर्जनौ नेपाली कांग्रेसमा प्रवेस
कपन अनलाइन
काठमाडौं ,साउन २५ ।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. २ ले शनिबार शंखरापुर नगरपालिकामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपा र राप्रपाका नेता तथा कार्यकर्ताहरू कांग्रेस प्रवेश गरेका छन ।
उनीहरूलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद भीमसेनदास प्रधान र काठमाडौं क्षेत्र नं. २ का सभापति उपेन्द्र कार्कीले पार्टी प्रवेश गराएका छन् ।
नेपाली कांग्रेस प्रवेश गर्नेमा राप्रपा नेपालका जिल्ला सदस्य गोविन्दबहादुर श्रेष्ठ, नेकपाका महेश्वर श्रेष्ठ, राप्रपाका राजाराम केसी, राप्रपाका नेता धनराज घले सहित दर्जनौ स्थानीय नेता तथा कार्यकर्ताहरू रहेको काठमाडौं कांग्रेसका जिल्ला सदस्य तथा संगठन विभाग प्रमुख ओमबहादुर कार्कीले जानकारी दिएका छन ।
शंखारापुर नगरपालिकाको वडा नं. १ देखि ८ सम्मका राप्रपा र नेकपाका नेता तथा कार्यकर्ता कांग्रेस प्रवेश गरेका हुन् ।