चम्पादेवी गाउँपालिकाले  वडा नम्बर ६,७ र १० का महिला स्वयंसेविकालाई प्रोत्साहन रकम प्रदान

चम्पादेवी गाउँपालिकाले  वडा नम्बर ६,७ र १० का महिला स्वयंसेविकालाई प्रोत्साहन रकम प्रदान

कपन अनलाइन

काठमाडौं ,साउन २२ ।

ओखलढुंगाको चम्पादेवी गाउँपालिकाले  वडा नम्बर ६,७र,१० का महिला स्वयंसेविकालाई प्रोत्साहन रकम उपलब्ध गराइएको छ ।

पोषण मैत्री स्वास्थ्य सस्था घोषण चम्पादेवी ६,गाउँ पालिकाले संयुक्त रुपमा स्वास्थ्य चौकी घोराखोरिमा एक कार्यक्रममा उनिहरुले गरेको कर्म प्रतिको वास्तविक मुल्यांकन गरि सो रकम हस्तान्तरण गरिएको हो ।

उक्त कार्यक्रममा गाउँ पालिका अध्यक्ष नबराज केसि,गाउँपालिका प्रवक्ता अजय लुइँटेल, वडा अध्यक्ष तिलक खड्का, स्वास्थ्य चम्पादेवि गाउँपालिका अधिकृत प्रेम सुवेदी ,स्वास्थ्य चौकी फुलबारी प्रमुख अमृता उप्रेती (कार्की),स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नेविसंघ नेता मनोज बुडाथोकी लगायतको उपस्थितिमा गाउँपालिका अध्यक्ष केसिले स्वयंसेविकाहरुलाई  २१००० का दरले जम्मा २४ जना महिला स्वयंसेविकालाई रकम वितरण गरेका हुन ।

रात दिन,साझ विहीन नभनी खट्ने महिला स्वयंसेविकालाई उनिहरुले समाजमा,टोलमा,घर घरमा गरेको र खेलेको सकारात्मक भुमिका प्रती  गर्व अनुभुती गर्दै  हौसला प्रदान गर्न सहयोग  गरिएको गाउँपालिकाका  प्रवक्ता लुइँटेलले जानकारी दिएका छन  ।

उक्त कार्यक्रममा आफ्नो प्रतीकुल समयका बाबजुद पनि उपस्तिथित सम्पुर्ण अतिथि, महिला स्वयंसेविकालाई स्वास्थ्य चौकी घोराखोरी प्रमुख अमृता उप्रेतीले धन्यवाद दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।