काठमाडौं महानगरपालिका वडा नं ३ बाँसवारीका ६ जनामा कोरोना संक्रमण पुस्टि

काठमाडौं महानगरपालिका वडा नं ३ बाँसवारीका ६ जनामा कोरोना संक्रमण पुस्टि

कपन अनलाइन

काठमाडौं ,साउन २२।

काठमाडौँ महानगरपालिका वडा-३ बाँसबारीमा रहेका एकै घर परिवारका ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। शहिद गंगालाल अस्पताल अगाडि बाँसबारी निवासी ८० बर्षीय वृद्धा  सहित परिवारका अन्यमा कोरोना संक्रमण भएको पाइएको हो।काठमाडौँ महानगरपालिका वडा ३ मा कोरोना संक्रमण देखिए संगै काठमाडौं महानगरपालिकाले  कन्ट्याक्ट ट्रेसिंगको कार्य  अघि बढाएको छ।

काठमाडौँ महानगर भित्र बानेस्वोर , महाबौद्ध ,बौद्ध  , बाँसबारी लगायत अन्य क्षेत्रहरुमा पनि एकै परिवारका सबै सदस्यहरुमा  संक्रमण पाइएको काठमाडौँ शहरी स्वास्थ्य स्वास्थ्य तथा खाद्य नियमन महाशाखाका प्रमुख ज्ञान बहादुर वलीले जानकारी दिएका छन।

त्यस्तै काठमाडौं महानगरपालिका वडा नं २८ मा पनि स्थानीयमा कोरोना संक्रमण देखिए संगै महानगरपालिकाले स्वाव संकलन तह PCR परिक्षणलाई विस्तार गर्दै तीव्रता दिने जानकारी दिएको छ।

 

 

तपाइँको प्रतिक्रिया ।