अलपत्र गाइ र बाच्छाको उद्दार
कपन अनलाइन
काठमाडौं श्रावण २१।कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिका वडा नं ४ को सिमानामा रहेको कोल्मतेश्वर मन्दिर नजिक बागमती खोला को तिर बाट छाडा छोडिएको गाइ र बाच्छाको उद्दार गरिएको छ। भर्खर ब्याएको गाइ र बाच्छा अलपत्र अवस्थामा रहेको देखे पश्चात गोकर्णेश्वर नगरपालिका वडा नं ४ को विपद व्यवस्थापन समिति र महानगरीय प्रहरी प्रभाग थलीको सहकार्यमा गाडीको व्यवस्थापन गरि उद्दार गरिएको छ ।
उद्दार गरि गाइ र बाच्छालाइ बागमतिमा रहेको बेवारिसे गाइ संरक्षण स्थलमा लागिएको महानगरीय प्रहरी प्रभाग थलीका कार्यलय प्रमुख प्रहरी नायब निरीक्षक रामेश्वर खड्काले जानकारी गराए। काठमाडौँको सडकमा छाडा गाइहरु यत्रतत्र देखिन्छन्। यस्ता छाडा गाइको कारण सडक दुर्घटना पनि हुने गरेको छ भने किसानले लगाएको बाली समेत नष्ट गर्दै आएका छन । सरकारले यस्ता गाई उद्दार नगरेपनि केही व्याक्तीहरुले उद्दारको काम भने गरिरहेका छन्।