काठमाडौं महानगरपालिकामा सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क स्यानिटरी प्याड

काठमाडौं महानगरपालिकामा सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क स्यानिटरी प्याड

कपन अनलाइन काठमाडौं ,साउन २१। काठमाडौं महानगरपालिकाले  सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई निःशुल्क स्यानिटरी प्याड वितरण शुरु गरेको छ  । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कार्यक्रमको शुभारम्भ गरेको कार्यक्रममा  वडा नम्बर – १४ की अध्यक्ष शोभा सापकोटाले स्यानिटरी प्याड भेन्डिङ मेसिनमा सिक्का खसालेपछि निस्किएको प्याड वितरण गरेकी थिइन्  । यो कार्यक्रमको छात्रा आष्मा पोखरेलले खुलेर प्रसंशा गरेकी थिइन्  । ‘रजस्वला हरेक महिलामा हुने नियमित प्रक्रिया हो’ उनले भनिन ‘विद्यालयमा पुगेपछि मासिकश्राव हुँदा प्याडको अभावमा धेरै पटक विद्यालय नै छाडेर घर फर्किनु परेको थियो । अब त्यस प्रकारका समस्या भोग्नु नपर्ने भयो । योभन्दा खुशीको कुरा के हुन सक्छ र ? आष्मा जस्तै श्रृषा रावल पनि खुशी छिन् । ‘विद्यालयमै यसरी निशुल्क प्याड वितरणको व्यवस्था हुनु सबै छात्राका लागि खुशीको कुरा हो ।’ उनले भनिन्, ‘बिद्यार्थीलाई प्याड बोकेर हिँड्न सजिलो छैन । महिनावारी भएका बेला स्कूलमै प्याड पाइने भएपछि मानसिक भार पनि कम भएको महसुस गरेकी छु ।’ कार्यक्रममा सहभागी खुशी जोशीले सरकारको सकारात्मक काम भनेर प्रतिक्रिया दिएकी छन  । यस अघि रजस्वलाको समयमा शिक्षकहरुसँग खुलेर कुरा गर्न सक्ने अवस्था नरहेको तर  अहिले ठाउँ–ठाउँमा मेसिनहरु राखिदा  अब रजस्वला भयो भन्दै हिनताबोधसहित शिक्षकसँग विदा माग्नु पर्ने अवस्थाको समेत अन्त्य भएकोमा खुसि ब्यक्त गरेकी थिइन्   । जोशीले यस्तै सुबिधा दुर्गम ठाउँमा पनि पुर्सुयाउन झाव दिएकि थिइन्  । काठमाडौँ महानगरपालिकाका शिक्षा विभागका शाखा अधिकृत मोती भट्टराईका अनुसार महानरपालिका क्षेत्र भित्रका सबै सामुदायिक विद्यालयलाई प्रति छात्रा १ हजार ६ रुपैयाँका दरले प्याड खरिद गर्न बजेट निकासा गरिसकिएको छ ।फोटो सौजन्य :काठमाडौं अनलाइन

तपाइँको प्रतिक्रिया ।