नागार्जुन नगरपालिका वडा नं ३ मा रुख ढलेर अवरुद्ध बाटो जनप्रतिनिधिको पहलमा सुचारु
कपन अनलाइन
काठमाडौं ,साउन २१।
नागार्जुन नगरपालिका वडा नं ३ भिमसेनस्थानमा रहेको पिपलको रुख ढलेर अवरुद्ध बनेको बाटो खुलाउन जनप्रतिनिधिहरुले पहल गरेका छन।
वडा नं ३ को थाप्ले बरुवालडाँडाका स्थानीयलाई आवतजावतमा समस्या परेकोमा रुख काट्ने मेसिन व्यवस्थापन गर्दै बाटो सुचारुको वडा नं ३ का वडा अध्यक्ष प्रेमलाल श्रेष्ठले बताएका थिए ।
पहिरोका कारण विभिन्न स्थानमा पुगेको क्षेतीको विवरण संकलन,सहयोग तथा निरीक्षण गर्दै बागमती प्रदेस सभा सदस्य केशव प्रसाद पोखरेल ,नागार्जुन नगरपालिकाकी उपप्रमुख सुशिला अधिकारी सहितको टोलीले सहयोगका लागि पहल गरेको थियो।फोटो सौजन्य :उदयराज
तपाइँको प्रतिक्रिया ।