लायन्स क्लब अफ काठमाडौं सगुनको आयोजनमा रक्तदान कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ काठमाडौं सगुनको आयोजनमा रक्तदान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं ,साउन ११।

लायन्स क्लब इन्टरनेसनल  डिष्ट्रिक्ट ३२५ वि १ अन्तर्गत लायन्स क्लब अफ काठमाडौं सगुनको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

चाबहिलको बौद्ध स्तुपामा आयोजित उक्त रक्तदान कार्यक्रममा एलसिआईएफ एरिया लिडर बालकृष्ण बुर्लाकोटी,निवर्तमान गभर्नर ईन्दु लम्साल पिएमसिसी तथा कोर्डिनेटर राजन लम्साल, चिफ एडभाईजर मणिश्री रत्न बज्राचार्य, पढाऔ अभियान चिफ पार्वती खरेल,क्लस्टर चिफ सुधा थापा,एओजी जनार्दन फुयाल,बिष्णु फुयाल लगायत क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

विश्वव्यापी कोरोना भाइरस संक्रमणको प्रताडनासंगै देशभर रगतको अभाव भइरहेको अवस्थामा केही मात्रामा भएपनि त्यो अभावलाई पुर्ती गर्न सकियोस् भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको बताउदै  क्लबकी  अध्यक्ष संगीता शर्माले उपस्थित लायन  विषम परिस्थितिमा आयोजना गरिएको  रक्तदान कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी थिइन्।

तपाइँको प्रतिक्रिया ।