राखेप सदस्य सचिवका लागि तीनजनाको नाम सिफारिस

राखेप सदस्य सचिवका लागि तीनजनाको नाम सिफारिस

कपन अनलाइन

काठमाडौं ,साउन ७।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवका लागि तीनजनाको नाम  सिफारिस गरिएको छ  छ । युवा तथा खेलकुद  मन्त्रालयले बनाएको तीन सदस्यीय सिफारिस समितिले आवेदन दिएका मध्येबाट तीनजनाको नाम छनोट गरेको हो ।

समितिले निवर्तमान सदस्य सचिव रमेश सिलवाल, नेकपा केन्द्रीय सदस्य लिलबहादुर थापा र राष्ट्रिय भलिबल टिमकी पूर्व कप्तान अन्जु श्रेष्ठको नाम  सिफारिस गरेको हो ।  मन्त्रालयले तीन जनाको नाम मन्त्रिपरिषदमा पेश गरेपछि  मन्त्रिपरिषदको बैठकले राखेपको नयाँ सदस्य सचिवमा एक जना छनोट गर्नेछ ।

मन्त्रालयका सचिव रामप्रसाद थपलिया, रिम रानाभाट र इन्दिरा निरौला रहेको सिफारिस समितिले आवदेन दिएका २७ जनाबाट उनीहरुको नाम छनोट गरेको हो ।

तपाइँको प्रतिक्रिया ।