भैमाल युवा क्लब कागेश्वरी ९ले सार्वजनिक स्थानमा डसबिन राख्यो

भैमाल युवा क्लब कागेश्वरी ९ले सार्वजनिक स्थानमा डसबिन राख्यो

कपन अनलाइन

काठमाडौँ, असार ३१।  स्वच्छ हराभरा ,बनाउ कागेश्वरी मनोहरा भन्ने नाराको साथमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७,८,र ९ वडा भित्र रहेका सार्वजनिक स्थान, मठ मन्दिर, सामुदायिक भवन लगायतमा फोहोर व्यवस्थापन का लागि डसबिन राखिएको छ।  कागेश्वोरीको भैमाल युवा क्लबको आयोजनामा उक्त स्थानमा करिब ३० वटा डसबिन राखिएको भैमाल युवा क्लबका अध्यक्ष सबिन दहालले कपन अनलाइनलाइ जानकारी गराए ।उनले, ‘पर्यटन प्रवर्द्धनसँगै  सार्वजनिक स्थलहरुको फोहोर व्यवस्थापन तथा सरसफाइका लागि डस्टबिन वितरण गरिएको हो ।’ कुहिने र नकुहिने  फोहोरलाई छुट्टै जम्मा गर्नको लागि छुट्टा छुट्टै डसबिन वितरण गर्नुको साथै सरसफाईको लागि झाडु समेत राखिएको बताए  ।

 बढ्दो सहरीकरणसँगै निम्तिएका चुनौतीमध्ये फोहोर व्यवस्थापन पनि एक भएको बताए  । उनले  फोहोर आफै उत्पन्न हुने वस्तु होइन । हामी उपभोक्ताले वस्तु उपभोग गर्दा बाँकी रहेको र फ्याँक्न राखेको वस्तु फोहोर हो  उनले भने।  आफुले बनाएको फोहोर आफै नै व्यवस्थापन गर्नुपर्छ भन्ने सोच हामीसँग नभएका कारण फोहोर बढेको उनले बताए  ।

त्यो सोच परिवर्तन गर्न आजको

आवश्यकता भएको बताउदै भैमाल युवा क्लबले बातावरण बिभाग र वडा कार्यलयसंगको समन्वयमा सार्वजनिक स्थानलाइ सफा बनाउने उदेश्यले डसबिन राखिएको बताए। हरेक व्यक्तिले आफ्नो घरबाट निस्कने फोहोरलाई घरमै वर्गीकरण गरी घटाउने, पुन:प्रयोग गर्ने र प्रशोधन गर्ने पद्धति विकास गर्नसके व्यवस्थापनमा सहज हुने बताउदै   हामी जे गर्छौं, हाम्रा सन्ततिले त्यही सिक्ने हुँदा फोहोर जथाभाबी फाल्नु हुन्न भन्ने कुरा घर बाट नै सिकाउनु पर्ने बताए  । उनले सार्वजनिक स्थल सबैले प्रयोग गर्ने हुँदा त्यसलाइ सबैले सफा राख्नु पर्ने  बताए ।

उनले भैमाल युवा क्लबले आगामी दिनमा अन्य स्थानमा पनि डसबिन राख्ने र सरसफाई समबन्धी जनचेतनामुलक कार्यक्रम गर्ने योजना रहेको बताए ।फोहोर व्यवस्थामा व्यक्ति–व्यक्ति लागे ‘एकले थुकी सुकी, सयले थुकी नदी’लाई चरितार्थ गर्न सकिने भन्दै यस्ता कार्यमा सबै जना एक जुट हुनु पर्ने उनको भनाइ रहेको छ  ।

तपाइँको प्रतिक्रिया ।