गोकर्णेश्वर नगरपालिकालाइ स्वास्थ्य सामग्री सहयोग

गोकर्णेश्वर नगरपालिकालाइ स्वास्थ्य सामग्री सहयोग

कपन अनलाइन

काठमाडौँ, असार ३०। गोकर्णेश्वर नगरपालिकालाइ स्वास्थ्य सामग्री प्रदान गरिएको छ  । सिन्धुपाल्चोक जिल्ला हेलम्बु स्थित ह्याल्मो  समाजका टासी लामा,’ समाज सेवी गोपाल लामा साथै हिल नेपाल र ह्याल्मो  संचार समुह द्वारा Covid-19 कोरोना भाइरस संक्रमण रोकथामका लागि  आवश्यक स्वास्थ्य सामग्रीहरु गोकर्णेश्वर नगरपालिकालाइ सहयोग स्वरुप  प्रदान गरेको हो।

असार २१ गते नगरपालिकामा एक कार्यक्रमका बीच ह्याल्मो  समाजका टासी लामा र  गोपाल लामाले गोकर्णेश्वर नगर प्रमुख  सन्तोष चालिसेलाइ उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । कार्यक्रममा नगर प्रमुख सन्तोष चालिसे, उप प्रमुख शान्ती नेपाल, प्रमुख प्रशासकीय अधिकृत नरहरि घिमिरे  लगायतको उपस्थिति रहेको थियो।

 सहयोग गरिएको स्वास्थ्य सामग्रीहरूको विवरण निम्न प्रकार छन्

१) सर्जिकल माक्स १००० थान

२) KN- 95 माक्स १०० थान

३)सेनिटाइजर १० लिटर

४)सेनिटाइजर सेन्सर डिसपेनसर १ थान

५) थरमल गन ९ थान

६) P P E SET ,१० सेट

७) सेफ्टी गगल्स २ थान

८)तौलिया रुमाल २० थान

९)हात ‌धुने साबुन १४४ थान।

कार्यक्रममा बोल्दै नगरप्रमुख सन्तोष चालिसेले बिपतको बेलामा सहयोग गर्ने  सहयोगी संस्था ह्याल्मो  हिल नेपाल, ह्याल्मो सञ्चार समूहलाई गोकर्णेश्वर नगरपाकिकाले उच्च मुल्याङ्कन गर्ने बताउदै सहयोगको लागि धन्यवाद दिदै  प्राप्त स्वास्थ्य सामग्री आवश्यकता र प्राथमिकताका आधारमा प्रयोगमा ल्याइने बताए ।उनले नगरलाई कोरोना मुक्त बनाउनको लागि सबैको साथ र सहयोग आवश्यक रहेको पनि बताए ।

तपाइँको प्रतिक्रिया ।