कागेश्वरी मनोहरा नगरपालिकाको कोरोना बिवरण सार्वजनिक

कागेश्वरी मनोहरा नगरपालिकाको कोरोना बिवरण सार्वजनिक

कपन अनलाइन

काठमाडौँ, असार ३१। कागेश्वरी मनोहरा नगरपालिकाले २०७७ बैशाख १ गते देखी २०७७ आषाढ २८ गते सम्म RDT/PCR Test निःशुल्क गर्नुका साथै Quarantine मा बस्ने सबैलाई खाना तथा खाजा निःशुल्क खुवाइएको  नगरप्रमुख कृष्णहरि थापाले जानकारी गराए  ।

उनले कागेश्वरी  नगरपालिका भित्र बसोबास गर्ने नगरबासीहरूलाई र छिमेकी नगरपालिका मा बसोबास गर्ने नगरबासी हरू  नगरपालिका को वडा नं. ६ मा रहेको मुलपानी नगर अस्पतालमा र वडा नं. २ मा रहेको आलापोट स्वास्थ्य केन्द्र मा २०७७ बैशाख १ गते देखी २०७७ आषाढ २८ गते सम्म गरेको RDT र PCR  टेस्ट को बिवरणको बारेमा जानकारी गराउदै१)  ११५४जनाकोRDT  टेस्ट   गरिएकोमा ३५ जनाको पोजेटिभ  देखिएको ।

२) PCR Test जम्मा ९६५ जनाको गरिएकोमा  १० जनाको पोजेटिभ  देखिएको जानकारी गराए। त्यसै गरि उनले कागेश्वरी मनोहरा नगरपालिकामा मिति २०७७ बैशाख १ गते देखी २०७७ आषाढ २८ गते सम्म क्वारेन्टाईनमा भर्ना  भई बसेकाहरुको  बिवरणको बारेमा जानकारी गराउदै  । मुलपानी नगर अस्पतालमा  पुरूष ९१ र  महिला २७ गरी ११८ जना रहेको बताए।   त्यस्तै आलापोट स्वास्थ्य ९ जना रहेको जानकारी गराए  ।

नगरभित्र कोरोना नियन्त्रण तथा रोकथामका लागि नगरपालिकाले पटक पटक कोरोना परीक्षण गराउँदै आएको जानकारी गराउदै संक्रमित क्षेत्र वा बाहिरी मुलुकबाट नगरभित्र आउने जोकोही व्यक्तिलाई समयमै कोरोना परीक्षण गराउन नगरपालिकाले आग्रह गरेको  नगर प्रमुख कृष्णहरि थापाले जानकारी गराए ।

तपाइँको प्रतिक्रिया ।