बोरिङ खन्ने विषयमा कपन जोरधारा खानेपानी संस्थामा विवाद

बोरिङ खन्ने विषयमा कपन जोरधारा खानेपानी संस्थामा विवाद

कपन अनलाइन

काठमाडौं ,असार २७।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० ,११ र १२ का विभिन्न क्षेत्रका हजार भन्दा बढी घरधुरीलाई  खानेपानीको सेवा उपलव्ध गराउदै आएको कपन जोरधारा खानेपानी संरक्षण संस्थामा विवाद भएको छ।

वतर्मान अवस्थामा रहेको बोरिङ बाट निकालिएको पानीले उपभोक्ताको माग धान्न नसकेपछि थप बोरिङ गर्न खोज्दा स्थानीयहरुले विरोध गरेका छन।

दिगो समाधानको उपाय खोजि भन्दा अल्पकालीन समस्या समाधानलाई प्राथमिकता दिदै आएको सो संस्थालाई अहिले भएका घरधुरीलाई खानेपानी उपलव्ध गराउन मुस्किल परे पनि अतिरिक्त शुल्क लिएर भने पानी बेच्दै आएको छ।तर पछिल्लो समय थपिएको बोरिङ बाट आउने पानीले उपभोक्ताको माग पुरा गर्न नसकेपछि तीव्र आक्रोस र दवाव खेपेको संस्थाले नया स्थानमा बोरिङ खन्न लागेको हो।

बोरिङ खन्ने कार्यको  स्थानीयहरुले विरोध गरे संगै संस्थाले जनप्रतिनिधि तथा अन्य सरोकारवालाहरु संग छलफल गरे पनि ठोस निस्कर्ष भने निस्की नसकेको  एक उपभोक्ताले बताएका छन।

सो छलफलमा वडा नं १० ,११ र १२ का अध्यक्ष ,सहित संस्थाका पुर्व अध्यक्षहरु ,विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु सहित स्थानीय उपभोक्ताहरुको सहभागिता रहेको थियो।

 

 

तपाइँको प्रतिक्रिया ।