बिहीबार कोरोना भाइरसका १ सय ८ जना नयाँ संक्रमित थपिए

बिहीबार कोरोना भाइरसका १ सय ८ जना नयाँ संक्रमित थपिए

कपन अनलाइन

बिहीबार कोरोनाभाइरसका १ सय ८ जना नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभरका २५ वटा प्रयोगशालामा विगत २४ घण्टामा ४ हजार ५ सय ८८ जनाको पिसिआर परीक्षण गर्दा १ सय ८ जनामा पुष्टि भएको हो।

बुधबारसम्म कोरोनाका १६ हजार चार सय २३ संक्रमित थिए। यो संख्या बढेर बिहीबार १६ हजार ५ सय ३१ पुगेको हो।देशभरका क्वारेन्टिनमा २४  हजार ४ सय २५ जना मानिसहरू छन्। पछिल्लो २४ घण्टामा १३९ डिस्चार्ज भएका छन्।

तपाइँको प्रतिक्रिया ।