ओखलढुंगा लाल किल्ला बनाउन छवी कार्कीको योगदान महत्वपूर्ण छ :राज्यमन्त्री अम्बिर बाबु गुरुङ

ओखलढुंगा लाल किल्ला बनाउन छवी कार्कीको योगदान महत्वपूर्ण छ :राज्यमन्त्री अम्बिर बाबु गुरुङ

कपन अनलाइन

काठमाडौं ,असार २४ ।

प्रदेस नं १ का भौतिक पूर्वाधार  राज्यमन्त्री अम्बिर बाबु गुरुङले सहिद छवी कार्कीको निस्वार्थ योगदानले गर्दा ओखलढुंगा जिल्ला लाल किल्ला भएको बताएका छन।

ओखलढुंगा जिल्लाको बामपन्थी आन्दोलनमा स्वर्गीय कार्कीको महत्वपूर्ण योगदान रहेको र उनले देखाएको सादगीपूर्ण र सालिन व्यवहार अनुकरणीय भएको राज्यमन्त्रि गुरुङले बताएका छन।

स्वर्गीय कार्कीको १० औ स्मृति दिवसको अवसरमा सहिद छवीलाल कार्की स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्दै राज्यमन्त्रि गुरुङले स्वर्गीय कार्कीको सपना पुरा गर्नका लागि समृद्ध ओखलढुंगा बनाउने अभियानमा सबै लाग्नुपर्ने बताएका थिए।

स्वर्गीय कार्कीकी पत्नी शकुन्तला राज भण्डारीले सांसदहरुले कुनै चासो नदिएको भन्ने गुनासोको सम्बोधन गर्दै गुरुङले आगामी वर्षको स्थानीय पूर्वाधार विकास कोष बाट आवस्यक रकम व्यवस्थापना गरि भवन निर्माण सम्पन्न गर्ने आस्वासन दिएका थिए।

तपाइँको प्रतिक्रिया ।