कोभिड १९ भर्सेस प्रहरी गस्ति (लघुकथा )
कपन अनलाइन
काठमाडौं ,असार २१/ महेन्द्र चालिसे
खै लकडाउन रे । सडक बजार सुनसान हुनुपर्ने तर सुनसान कम गुलजार बढी देखिन्छ । गाडि र मोटरसाइकल सक्कलि हो कि नक्कलि पास टासेर निर्धक्क गुडिरहेकै छन् सायद गुडाउनुपर्ने बाध्यता धेरै होलान् । खाध्यान्न ढुवानीको लेखोट टासेर सिमेन्ट पनि झारेकै छन् । पत्रकार लेखिएको कागज मोटरसाइकलमा टासेर धोक्रो भरी चम्सुर पालुंगो बोकेर घरघरमा बिक्रिपनि गरेकैछन् । केही क्षण अघिसम्म चहलपहल गरिरहेका मान्छेहरु हतार–हतार दायाँबाँया लाग्छन् र एक्कासी खुलिरहेका दुकानहरुका सटरहरु सरर्र तानिन्छन र बन्द हुन्छन् । क्षण भरमै सडक सुनसान हुन्छ, बजार बन्द हुन्छ र लकडाउनको आभास हुन्छ ।
कारण टाढाबाट वाँ…उँ… उई…ई गर्दै, साईरन बजाउदै प्रहरीको भ्यान आउँछ सबै लाखापाखा लाग्छन् सबै डराउछन् मानौ प्रहरीले भ्यानभरी कोरोना भाइरस लेराएको छ र ऊ ती मान्छेहरु सबैलाई र पसल दुकानलाई आफुसंग ल्याएको कोरोना भाइरस सारिदिन्छ । हो त्यही भानमा र त्रासमा अघिको चहलपहल सुनसानमा बदलिन्छ ।
प्रहरी भ्यान आफ्नो ड्युटि पुरा गर्छ गस्ति गर्छ त्यहाबाट फर्कन्छ । अनी अघि लाखापाखा लागेका मानिसहरु बिस्तार सड्कमा निक्लन्छन्, दुकानदारहरु आ—आफ्ना दुकानका सटर उघार्छन्, फेरी त्यहा खरिददारहरुको घुइचो लाग्छ । सकुन्जेलका सामान आजै लानुपर्छ र मैले मात्र लानुपर्छ किनकि भोलि फेरी पाइन्छ कि पाइदैन भन्ने भावमा । फेरी पुलिसको भ्यान आउछ सड्क बजार रुपी रञ्गमन्चमा उही नाटक दोहोरिन्छ बारम्बार दिनका दिन ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक