केही हाइकु : दिपक दाहाल
कपन अनलाइन
काठमाडौं ,असार २० ।
१. सलह किरा
नेपालपनि पस्यो
मारमा कृषि
२. आजको युग
अनलाइनशिक्षा
विशेषबन्दै
३. कर्तव्य भुली
डुल्दैछन् मान्छेहरू
आफ्नै तालमा
४. कोरोना त्रास
लाग्छ कि भोकमरी
बेरोजगार
५. बसन्त ऋतु
मनोहर प्रकृति
आनन्द मन
६. ओखलढुङ्गा
सुन्दर छ प्रकृति
हेर्न लायक
७. देश रुँदैछ
सुतिरहन्छन् नेता
कहिले उठ्लान्
८. लक डाउन
सम्पन्न सरकार
हामी निराश
९. अप्ठ्यारो बाटो
प्रियसँगको यात्रा
छैन अशान्त
१०. चञ्चल मन
प्रकृतिको काखमा
शान्त रहन्छ
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।