पार्टीलाई एकतावद्ध बनाउन शिर्ष नेतृत्वलाई दवाव दिदैछौ :सांसद यज्ञराज सुनुवार

पार्टीलाई एकतावद्ध बनाउन शिर्ष नेतृत्वलाई दवाव दिदैछौ :सांसद यज्ञराज सुनुवार

कपन अनलाइन

काठमाडौं ,असार १९

 काठमाडौंमा रहेका नेकपाका केन्द्रीय सदस्य तथा सांसदहरुको एक बैठकले पार्टीमा देखिएको विवाद समाधानका लागि उपयुक्त विकल्पहरुमा  छलफल गरेर अघि बढ्न सुझाव दिएको छ।

महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री समेत रहेका नेता पार्वत गुरुङ, यज्ञराज सुनुवार, गणेश पहाडी, सुरेश राई, कमला रोका, लीला श्रेष्ठ लगायतका  सांसदहरुको  बैठक बस्दै  पार्टीलाई एकताबद्ध गर्न शीर्ष नेताहरुलाई सो सुझाव दिएका हुन।

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको विवादको अन्त्य गर्दै मुलुकलाई सुखी र समृद्ध बनाउने अभियानमा शीर्ष नेताहरु लाग्नुपर्ने माग पार्टी भित्रैबाट जोडदार रुपमा उठिरहेको समयमा पार्टीका केन्द्रिय सदस्य र सांसदको भूमिकामा रहेका उनीहरुले एकतामा जोड दिनुपर्ने बताएका छन।

उनीहरुले भोलिदेखि चरणवद्ध रुपमा नेता तथा सांसदहरुसँग परामर्श गर्ने, पार्टीलाई एकतावद्ध बनाउन सिलसिलाबद्ध रुपमा निरन्तर  दवाव दिने भएका छन् ।

समृद्ध नेपाल, खुसि  नेपालीको महान अभियानमा चिसो पानी खन्याउने काम जो कसैबाट हुन्छ भने त्यस्ताको भण्डाफोर गर्ने र  पार्टी एकताका लागि  दवाव दिनका लागि यो  प्रयासलाई निरन्तरता दिने केन्द्रीय सदस्य तथा सांसद यज्ञराज सुनुवारले बताएका छन।

आम नेपाली जनताको समृद्धि र स्थायित्वका लागि पार्टीको एकता आवस्यक रहेकोले निरन्तर परामर्श र दवाव जारि राख्ने बताउदै सांसद सुनुवारले शिर्ष नेतृत्वले जनता र कार्यकर्ताको आवाज सुन्ने विस्वास व्यक्त गरेका छन।

नेपाल कम्युनिस्ट पार्टीमा विवाद देखिए संगै एकताका एकता कायम राख्नका लागि विभिन्न स्वरुपमा दवाव सिर्जना गरिएको छ।

तपाइँको प्रतिक्रिया ।