बागमती प्रदेश सरकारद्धारा १३ सय किमि सडक र ३३ वटा पुल निर्माण

बागमती प्रदेश सरकारद्धारा १३ सय किमि सडक र ३३ वटा पुल निर्माण

कपन अनलाइन 

हेटौडा ,असार १९।

बागमती प्रदेश सरकारले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा १ हजार ३ सय किमि भन्दा बढी सडक र ३३ वटा सडक पुल निर्माण गरेको छ ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ र आर्थिक वर्ष २०७६÷०७७ को जेठ मसान्तमा सडक निर्माणतर्फ १३ सय ६ किलो मिटर सडक र ३३ वटा सडक पुलको निर्माण सम्पन्न गरेको हो । प्रदेशको भौतिक पूर्वाधार बिकाश मन्त्रालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७५/०७६ र आर्थिक वर्ष २०७६/०७७ को जेठ मसान्त सडक निर्माणतर्फ ८ सय ७ किमि कच्ची सडक, १ सय ५५ किमि कालोपत्रे, ३ सय २० किमि ग्रेभलिंग र २४ किलो मिटर ढलान सम्पन्न गरेको छ ।

साथै दुई आर्थिक वर्षमा ३३ वटा सडक पुलको निर्माण सम्पन्न भएको मन्त्रालयले जानकारी दिएको छ । प्रदेश सरकारले सडक र पुल निर्माणमा ६ अर्ब ८८ करोड ५६ करोड खर्च भएको मन्त्रालयले जनाएको छ । ती सडक निर्माणमा १५ अर्ब ५० करोड २३ लाख मध्ये चालु आवको जेठ मसान्त सम्ममा ६ अर्ब ८८ करोड ५६ करोड खर्च भएको जनाएको छ ।

बागमती प्रदेश सरकारले प्रदेशका हरेक स्थानीयतहको मुकामसम्म पुग्ने र प्रदेश राजधानीसंग जिल्लालाई जोड्ने सडक संजाल सहज बनाउने लक्ष्यका साथ काम गरिरहेको मनत्रालयले जनाएको छ । त्यसै अनुरुप प्रदेशको आर्थिक वर्ष २०७७/०७८ को बजेटमा समेत यी कुरालाई उच्च प्राथमिक्ता दिइएको छ ।

यसका साथै प्रदेश सरकारले स्थानीयतहको केन्द्रसंग सडक संजाल जोड्ने तथा प्रदेश चक्रपथलाई उच्च प्राथमिक्ता दिएर काम अगाडी बढाएको मन्त्रालयले जनाएको छ ।

नजिकैको कालोपत्र सडकबाट स्थानीय तहहरुको केन्द्र जोड्ने सडकहरु बाह्रै महिना सञ्चालन हुने सडकको रुपमा स्तरोन्नति गर्न आगामी पाँच वर्षमा सम्पन्न हुने नीति लिएको प्रदेश सरकारले सडकको रुपमा स्तरोन्नति गर्न प्रदेश सरकारले बहुवर्षिय ठेक्का प्रकृया मार्फत काम गरिरहेको जनाएको छ ।

त्यस्तै प्रदेशका सडक सञ्जाल नपुगेको रुवि भ्याली र माहाभार गाउँपालिका जोड्ने बाटो निर्माणलाई बहुवर्षिय ठेक्का प्रकृया मार्फत काम अगाडी बढाईएको मन्त्रालयले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।