नेकपा नेता किसोर अधिकारीको नेताहरुलाई अनुरोध ‘सुझबुझ राखेर अघि बढ्नुहोस’
कपन अनलाइन
काठमाडौं ,असार १७।
ओखलढुंगा जिल्लाको वामपन्थी आन्दोलनमा लामो समू देखि सक्रिय रहेका नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य किसोर अधिकारीले नेकपामा देखिएको विवाद लक्षित गरेर आफ्नो सामाजिक संजालमा नेताहरुलाइ सुझबुझ राखेर अघि बढ्न अनुरोध गरेका छन।
नेता अधिकारीले कसेैले कसैको जुगा उखल्ने काम नगर्न अनुरोध गर्दै जनताको मत र मनको सम्मान गर्नका लागि अनुरोध गरेका छन
नेकपाका केन्द्रिय सदस्य किशेर अधिकारीको संदेश :
‘नेता कमरेड हो ,सुजबुज राख्नुहोस् ,बालको खाल उतार्ने काम नगर्नुहोस् ,कसेैले कसैको जुगा उखल्ने काम नगर्नुहोस् । बुध्दिमता काम र समाधानका उपायहरूको खोजि ग र्नुस।राष्ट्र ,राष्ट्रियता ,पार्टी र जनता लाइ बचाउने काम गर्नु होस्।पद र प्रतीष्ठाको लागि लडाइँ लड्ने कामले तपाईंहरूको उचाइ बढ्दैन, शोभा दिदैन ।
कसको रिसले कसको काखमा फोहर गरेको भन्नछन नि तेसो गरेर केहि काम हुन्न।तपाईंहरूको धेरै काम कुरा हामीलाई पनि चित्तबुझ्दो छेैन,के हामीले तपाईंहरूको राजिनामा माग्दै हिड्ने ,हाम्रो काम पार्टी सदस्यलाई चित्तबुझ्दो नहुन सक्छ ,वाहाहरुले तेसै गर्दै हिड्ने। चार महिना अघि आकस पनि खस्न पत्ताल पनि भासिन लागे जस्तो गरि पार्टी तहस नहस हुदैछ भनि हल्ला फैलिएको थियो ।केन्द्रीय कमिटीको बेैठकमा त तो भएन देखिएन। अहिलेको स्थायि कमिटि को बैठक मा पनि राष्ट्र , राष्ट्रियता ,जनता र पार्टीको हित हुने काममा नै सबै को ध्यानाकर्षण होस्, हुनेछ भन्ने पुर्ण आसा छ।विनास काले विपरित बुध्दि नहोस्।’