केहि नेताको मात्र योगदानले विशाल पार्टी बनेको हैन ,जनताको भावना बुझौ :यज्ञराज सुनुवार

केहि नेताको मात्र योगदानले विशाल पार्टी बनेको हैन ,जनताको भावना बुझौ :यज्ञराज सुनुवार

कपन अनलाइन

काठमाडौं ,असार १७।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा ओखलढुंगा जिल्ला बाट निर्वाचित प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवारले  पार्टीको एकता र देशको भविस्य प्रति शिर्ष नेताहरु गम्भीर बन्नु पर्ने बताएका छन। जनताले मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन दिएको गम्भीर जिम्मेवारीलाई हाम्रो मुल नेतृत्वले बुझेकै हुनु पर्छ भन्दै सांसद सुनुवारले पार्टीका लाखौ कार्यक्रताले पार्टी फुटेको हैन जुटेको हेर्न चाहेको बताएका छन।

आफ्नो सामाजिक संजालमा एक सन्देस लेख्दै सांसद सुनुवारले सिमित नेताको स्वार्थ वा मेहेनतले विशाल पार्टी नबनेको भन्दै जनता र कार्यकर्ताको भावना बुझ्नका लागि नेतृत्वलाई आग्रह गरेका छन।

सांसद सुनुवारको संदेश :

नेपालको कम्युनिस्ट आन्दोलनलाई यो उचाईमा ल्याउन हज्जारौं सहिदको बलिदान ,लाखौं कार्यकर्ता अनि सयौं दुरदर्शी नेताको साझा योगदान छ।बिगतमा कम्युनिस्ट आन्दोलनले नेताको ब्यक्तित्वको टक्राव, सिद्धान्तको लेपनमा बिभाजनको शिकार हुनु परेको ,हाम्रो अघि ताजा प्रमाण छन।जनताले मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन दिएको गम्भीर जिम्मेवारीलाई हाम्रो मुल नेतृत्वले बुझेकै हुनु पर्दछ। फुटाउन सबै लाग्छन् ,जुटाउन आफै लाग्ने हो। केही सिमित स्वार्थी कार्यकर्ता बाहेक लाखौं कार्यकर्ता र जनता फुटेको होइन जुटेको हेर्न चाहान्छन।जारी स्थायी कमिटीको बैठकले आज सम्मको यात्राको सटिक समिक्षा सहित सुदृढ एकतामा जोड दिदै आगतको लागि ठोस योजना ल्याउन सकोस ,हार्दिक शुभकामना !!

तपाइँको प्रतिक्रिया ।