जिसस काठमाडौं द्वारा कागेश्वरी र गोकर्णेश्वर नगरपालिकाका बिभिन्न योजनाहरु अनुगमन

जिसस काठमाडौं द्वारा कागेश्वरी र गोकर्णेश्वर नगरपालिकाका  बिभिन्न योजनाहरु अनुगमन

कपन अनलाइन

काठमाडौँ, असार १७। जिल्ला समन्वय समितिको टोलीले स्थानीय तथा प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत संचालित  कागेश्वरी मनोहरा नगरपालिका  तथा गोकर्णेश्वर नगरपालिका क्षेत्रका बिभिन्न योजनाहरु अनुगमन गरिएको छ ।

 जिल्ला समन्वय समिति काठमाडौंकी  उप प्रमुख सरिता दाहाल ,प्रतिनिधि सभा सदस्य माननीय कृष्ण बहादुर राइ जिल्ला समन्वय समिति काठमाडौंका सदस्य उद्दब प्रसाद भण्डारी ,कृष्ण प्रसाद लम्साल, कागेश्वरी,मनोहरा नगरपालिकाकि उप प्रमुख बिन्दु पुडासैनी सिम्खडा ,कागेश्वरी मनोहरा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राममणि पुडासैनी कागेश्वरी मनोहरा नगरपालिकाका संदेश ढकाल सहितको  टोलीले  कागेश्वरी मनोहरा नगरपालिका वडा नं   ३ को  भद्रबास एकता टोल स्थित  एकता समाज सेवा सामुदायिक भवन को जग्गा तथा पहिरो नियन्त्रण योजना,

कागेश्वरी ३ कै त्रिबेणी कृष्ण सडक स्तरोन्नती योजना, कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ कृष्ण मन्दिरमा बुद्दको मुर्ति निर्माण ट्रस्ट निर्माण र रंग रोगन सहित ढुंगा छाप्ने कार्य, त्यस्तै कागेश्वरी १ गागल कै सिद्दी गणेश मबी पूर्वाधार विकास गर्ने कार्य अन्तर्गत फल्स सिलिंग स्टेज निर्माण , ब्लक छपाई र पर्खाल निर्माण ,त्यस्तै कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ को बालविकास माबी पूर्वाधार विकासका कार्यक्रम योजनाको अनुगमन गरेको हो।

 त्यस्तै टोलीले गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजल स्थित निर्माणाधीन क्रियापुत्री भवन त्यस्तै गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखान स्थित गाम्चा जाने बाटो कल्भर्ट निर्माण लगायतको योजना अनुगमन गरिएको थियो  । सो अनुगमनका क्रममा योजनाहरुको प्रगति विवरण ,समस्याहरु र अन्य विविध पक्षहरुको वारेमा जानकारी लिइएको थियो।

तपाइँको प्रतिक्रिया ।