त्रिवि शिक्षण अस्पतालमा उपचाररत ४५ दिने शिशुमा कोरोना भाइरसको संक्रमण
कपन अनलाइन
काठमाडौं ,असार १७
त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा उपचाररत ४५ दिने शिशुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
म्याग्दी स्थायी घर भएका शिशुको सोमबार शल्यक्रिया गरिएको थियो । शल्यक्रिया गर्नुअघि संकलन गरिएको थ्रोट स्वाबको अस्पतालमै पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको कोरोना युनिटका संयोजक डा. शान्तकुमार दासले बताएका छन ।
श्वासप्रश्वासमा समस्या भएपछि चिकित्सकहरुले सोमबार आकस्मिक रुपमा घाँटीको शल्यक्रिया (ट्रयाक्टेस्टोमी) गरेका थिए । ‘श्वासप्रश्वासमा समस्या देखिएपछि रिपोर्ट नकुरिकन सुरक्षा सतर्कता अपनाएर शल्यक्रिया गर्यौ ’, डाक्टर दासले भने – ‘बिहान रिपोर्ट पोजेटिभ आयो ।’
सोमबार मात्र ललितपुरको अढाइ वर्षका बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । बच्चाको पनि मेडसिटी अस्पतालमा शल्यक्रिय गर्नुअघि स्वाब संकलन गरिएको थियो ।
तपाइँको प्रतिक्रिया ।