त्यसपछी बजेन डोरबेल :कमल ढुङ्गाना (कविता )
कपन अनलाइन
काठमाडौं ,असार १३ ।
मलाई त्यसपछी थाहा भयो
तिमी गएपछी फेरी फर्केर नआउने कुरा
जब तिम्रो बाटो हेर्दा हेर्दै कयौँ रात
मैले अनिदै बिताए पछी
म सुत्ने बिछ्याउनाका
सिरानीहरु कहिल्यै आँशुहरुले
निथ्रुक्क भिजेका थिएनन्
तिमी गएपछी प्रत्येक रात म सुत्ने
बिछ्याउनामा कहिल्यै नभिजेका सिरानी
प्रत्येक रात भिज्न थालेका हुन
मलाई थाहा थिएन
कसैको बाटो हेरी बस्नु सबैभन्दा
कठीन कार्य रहेछ,
एक दिन पनी एक बर्ष झै लाग्ने रहेछ
तिमी गएपछी थाहा पाए
शून्यता के हो ?
अचेल म सुत्ने कोठा
कुनै निर्जन जङ्गलभन्दा कम लाग्दैन
मैलै बाँचीरहेको जीन्दगी,
जीन्दगी लाग्दैन
धेरै भयो घरमा डोरबेल नबजेको
छैनन् डोरबेल बजाउँने केही औँलाहरु
छन् तिम्रो बाटो हेरी बस्ने एकजोर आँखाहरु
छ तिम्रो प्रतिक्षा गरी बसेको एक जीन्दगी
र छन् डोरबेल बज्ने आशामा
थापेर बसीरहेका एकजोर कानहरु
तपाइँको प्रतिक्रिया ।