बुढानिलकण्ठका प्रमुख प्रशासकिय अधिकृत नारायण रिसाल सहित २२ जना सहसचिवमा बढुवा

बुढानिलकण्ठका प्रमुख प्रशासकिय अधिकृत नारायण रिसाल सहित २२ जना सहसचिवमा बढुवा

कपन अनलाइन

काठमाडौं ,असार १२।

लोकसेवा आयोगले २२ जना उप–सचिवहरूलाई सह–सचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।

आयोगद्वारा शुक्रबार सार्वजनिक भएको सूचनामा लिखित र अन्तर्वार्तामा उत्तीर्ण २२ जना उप–सचिवहरूलाई सह–सचिवमा बढुवाका लागि सिफारिस गरिएको जनाइएको छ ।

आयोगले २२ पद पदका लागि लिखित र अन्तर्वार्ता लिएको थियो ।

२८ जना सह–सचिवले लिखितमा नाम निकालेका थिए । अन्तर्वार्तामा २७ जना उप–सचिवहरू सहभागी भएका थिए ।

‘नेपाल प्रशासन सेवा, रा.प.प्रथम श्रेणी (अप्रा) सह–सचिव वा सो सरह पदको लिखित पदमा २२ जनाको अन्तर्वार्ता सञ्चालन भएकोमा अन्तर्वार्तामा २७ जना उपस्थित भएका थिए’, आयोगद्वारा जारी सूचनामा भनिएको छ ।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद रिसाल  आयोगले प्रकासित गरेको सुचनामा अर्याल १५ औ  योग्यता क्रममा रहेका छन।

तपाइँको प्रतिक्रिया ।