शंखरापुर नगरपालिका ८ का ५ बर्षीय बालकमा कोरोना संक्रमण

शंखरापुर नगरपालिका ८ का ५ बर्षीय बालकमा कोरोना संक्रमण

कपन अनलाइन 

काठमाडौं असार १२ शंखरापुर नगरपालिका वडा नं. ८ स्थायी घर भै हाल कागेश्वरी मनहरा १  गागल फेदी बस्दै आएका ५ बर्षीय  बालकमा काेराेना पाेजिटिभ पाइएकाे जानकारी महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरिक्षक गाेबिन्द पन्थीले जानकारी दिएका छन  । हाल उक्त बालककाे पाटन अस्पतालमा उपचार भै रहेकाे  पनि जानकारी गराए ।

तिन दिन अगाडि ज्वराे आएर जचाउन लगेकाे र अस्पतालबाट तिन दिन पछाडि फेरी आउनु भनी पठाएकाे उक्त बालकलाइ  १०४ डिग्री भन्दा बढी  ज्वराे आए पछि अस्पतालमा  पि.सि.आर परिक्षण गर्दा काेराेना पाेजिटिभ भेटिएकाे  बालकका आफन्तले जानकारी गराएका छन  ।

ट्राभल  हिस्ट्री  केहि नभएपनी उक्त बालकमा काेराेना भाइरस कसरी संक्रमण भयाे भनि अध्ययन गरि बालक सँग सम्पर्कमा रहेका परिवार र छरछिमेककाे समेत कागेश्वरी मनहरा र शंखरापुर नगरपालिकाकाे समन्वनयमा पि.सि.आर परिक्षण गरिने शंखरापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिष्णु प्रसाद चापगाइले जानकारी गराए । अन्यकाे पनि पि.सि.आ र परिक्षणकाे नतिजा नआए सम्म सर्तकता अपनाउन   उनले आग्रह गरेका छन  ।

सौजन्य : शंखरापुर न्युज

तपाइँको प्रतिक्रिया ।