जन्मदिनको अवसरमा प्रदेस १ लाई फलफुलको राजधानी बनाउने मुख्यमन्त्री शेरधन राईको घोषणा
कपन अनलाइन
काठमाडौं ,असार ११ ।
प्रदेस नं १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो जन्मदिनमा आँपको विरुवा रोप्दै अवको दशक प्रदेस नं १ लाई फलफुलको राजधानी बनाउने घोषणा गरेका छन ।
असार ११ गते परेको जन्मदिनमा आफ्नो सामाजिक संजाल मार्फत शुभकामना दिने सबैलाई धन्यवाद दिदै अआमा बुवा प्रति सम्मान प्रकट गरेका छन।
प्रदेस नं १ सरकारले फलफुलको राजधानीका रुपमा आगामी दशक भित्र विकास गर्ने योजना नीति तथा कार्यक्रममा समावेस गरेको छ।
मुख्य मन्त्री राईको सन्देस :
आज मेराे बास्तिवक जन्मदिन आषाढ ११ गते बिहीवार । संयाेग ठ्याक्कै बार पनि मिलेछ । सर्बप्रथम यस धर्तीमा जन्मदिनु हुने मेराे पुजनीय आम्मा आप्पालाई ह्दयदेखि नै सेवाढाेग गर्न चाहन्छु र वहाँहरुकाे सु-स्वास्थ र दिर्घायुकाे कामना गर्दछु ।
बर्थडे सेलेब्रेसन गर्ने चलन गरेकाे छैन तर मैले हजाराैं लाखाैं आर्शीबाद र शुभकामना लिने ग्रहण गर्ने गरेकाे छु।मलाई शुभकामना लगातार बिभिन्न माध्यमबाट प्राप्त भइरहेकाे छ म सबैलाई एकमुष्ट रुपमा हार्दिक हार्दिक धन्यबाद ब्यक्त गर्दछु। यसपटक बाट मैले नयाँ थालनी गरेकाे छु अर्थात प्रदेश सरकारले आगामी दशकलाई फलफुल दशक बनाई प्रदेशलाई फलफुलकाे राजधानी बनाउने घाेषणा यसपटककाे आफ्नाे निती, कार्यक्रम र बजेटबाट गरेकाे परिप्रेक्ष्यमा मैले मेराे जन्मदिनकाे अवसर पारेर एउटा मिठाे जातकाे आँपकाे बिरुवा राेपेर शुरुवात गरेकाे छु। आगामी बर्षहरुमा यस थालनीलाई निरन्तरता दिने बाचा सहित पुन सबैमा हार्दिक आभार एबं धन्यबाद प्रकट गर्दछु।धन्यबाद ।