कोरोनामा घर बाहिर नजाऔ :प्रिती तिवारी (कविता )
कपन अनलाइन
काठमाडौं ,असार ६।
यो बेला मा काम गर्ने ,आँटले कम्मर कसौँ
सब जना सुरक्षित भइ , आफ्नो घर मा बसौँ।
कोरोनाको माहामारीमा, घर बाहिर नजाऔ
आफ्नो घर मा जे छ त्यहि ,पकाएर खाऔ ।
अमेरिका जस्तो देशलाई पनि , ठुलो चुनौती दियो,
बिस्तार बिस्तार यस्ले अहिले, भयानक रुप लियो।
कोरोनाले आहिले सम्म ,कुनै देश छोडेन,
मानिसहरु मार्न बाहेक ,अन्त सोच मोडेन।
कोरोनाले खै के गर्छ छैन यसको भर
समय समयमा हात धोएमा हुँदैन यसको डर।
भिडभाडबाट हामी सबै ,टाढा टाढा सरौँ,
बाहिर जाँदा मानिसको बिच ,दुरि कायम गरौँ।
(भ्याली पब्लिक विद्यालय सुन्दरबस्ती काठमाडौ)
तपाइँको प्रतिक्रिया ।