कोरोना संक्रमित देखिए संगै बुढानिलकण्ठ -१० बालुवाखानी क्षेत्रमा सतर्कता
कपन अनलाइन
काठमाडौं ,असार ४।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० बलुवाखानिमा एक ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिए संगै सो क्षेत्रमा सतर्कता अपनाइएको छ। बुढानिलकण्ठ नगरपालिकाले अग्रमोर्चामा रहेका व्यक्तिहरुको PCR परिक्षण गर्ने क्रममा ति पुरुषमा कोरोना संक्रमण देखिएको थियो।
जेठ २९ गते बिहीवार बूढानीलकण्ठ नगरपालिका वडा नं.१०, ११ र १२ का अग्रमोर्चामा रहेका औषधि व्यवसायी, खाद्यान्न पसल अन्य अत्यावश्यक वस्तु बिक्रीगर्ने व्यक्ति लगायत ५९ जनाको आरटी पिसिआर विधिद्वारा कोरोना भाइरसको जाँच गर्न थ्रोट स्वाव संकलन गरि राष्ट्रिय प्रयोगशाला टेकुमा पठाईएको थियो।
उक्त परिक्षणको रिपोर्टमा एक पुरुषममा कोरोना संक्रमण देखिए संगै उनलाई शशस्त्र प्रहरी अस्पताल ,बलम्बुमा राखिएको छ। ति व्यक्तिमा कोरोना संक्रमण देखिए संगै वडा नं १० को बलुवाखानी क्षेत्रमा सतर्कता अपनाइएको वडा सदस्य चन्द्रमान श्रेष्ठले बताएका छन।
कोरोना संक्रमितको घर क्षेत्रलाई पूर्ण सुरक्षित गर्दै उनका परिवार .कामदार तथा प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरुको परिक्षण गर्ने जानकारी दिदै सदस्य श्रेष्ठले वडावासीहरुलाई त्रसित नभई सचेत बन्न आग्रह गरेका छन।
संक्रमित व्यक्ति संग सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिंग गरि आवस्यक पहल गरिने जानकारी दिदै सदस्य श्रेष्ठले संक्रमित व्यक्ति संग निरन्तर सम्पर्क भै रहेको र उनको अवस्था सामान्य रहेको बताएका छन।